spot_img
Thursday, May 9, 2024
Homeकला/साहित्यचर्चित गायक दुर्गेश थापाको ‘हामी पनि नाच्नु पर्छ बिच बिचमा’ गीतले मचायो...

चर्चित गायक दुर्गेश थापाको ‘हामी पनि नाच्नु पर्छ बिच बिचमा’ गीतले मचायो तहल्का

spot_img

चर्चित गायक तथा मोडल दुर्गेश थापाको ‘हामी पनि नाच्नु पर्छ बिच बिचमा’ गीतले नेपालगन्ज महोत्सवमा तहल्का मचाएको छ । नेपालगन्जमा जारी छैठौं नेपालगन्ज महोत्सवको एघारौं दिन महोत्सवमा आउनुभएको चर्चित गायक तथा मोडल दुर्गेशको प्रस्तुतीले महोत्सवमा तहल्का मचाएको थियो । दुर्गेशले महोत्सवमा गाउनुभएको ‘ भन भन केटा हो राम्ररी भन, घमण्डी केटी, बोम बोम भोले भोले, हामी पनि नाच्नु पर्छ बिच बिचमा, भाग भाग, जय सम्भु जय सम्भु’ लगायतका प्रस्तुतीमा महोत्सवका दर्शकहरु रमाई रमाई नाचेका थिए । दुर्गेशको जोशसहितको एकपछि एक आफ्नो चर्चित चर्चित करिब आधा दर्जन प्रस्तुतीले दर्शर्क नाच्न बाध्य भएका थिए । दुर्गेशले चर्चित चर्चित गीतको प्रस्तुतीमा आफ्ना टिमसहित नाचेका तथा दर्शकलाई नचाएका थिए ।
गायक चन्द्र शर्माले गाउंनुभएको चर्चित गीत, बाच्छीले धान खायोमा दर्शकहरु झुमी झुमी नाचेका थिए । महोत्सवको एघारौं दिन दुर्गेश थापा सहित चर्चित कलाकारहरूको बेजोड प्रस्तुती रहेको थियो । आईतवार महोत्सवमा आएका चर्चित अभिनेता शौगात मल्ल, हास्य कलाकार कमलमणि नेपाल लगायतले एक पछि एक बेजोड प्रस्तुतीले महोत्सवका दर्शकलाई भरपुर्ण मनोरञ्जन गराएका थिए ।
यस्तै भोली (सोमवार ) चर्चित गायक गोपाल नेपाल जीएम, गायीका तथा उद्घोषिका शोभा त्रीपार्ठी र पर्सी (मंगलवार ) चर्चित गायिका रचना रिमाल, चचित भोजपुरी मोडेल तथा टिकटक स्टार प्रिती पासवान लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजक टिमका संयोजक नन्द बुढाले जानकारी गर्राए । । यस्तै महोत्सबमा हरेक दिन प्रदेश स्तरिय डान्स आइडल प्रतियोगिता तथा सगरमाथा डान्स गु्रपको समेत बजोड प्रस्तुती रहने संयोजक बुढाले जानकारी गराए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here