spot_img
Thursday, May 9, 2024
Homeबजारघट्यो एचआईभीको नयाँ संक्रमण दर

घट्यो एचआईभीको नयाँ संक्रमण दर

spot_img

पछिल्लो समय एचआईभीको नयाँ संक्रमण दर घट्दै गएको पाइएको छ । एचआईभी र एड्स सम्बन्धी हुने भेदभाव,हेरचाह तथा यस सम्बन्धी हुदै आएको औषधी उपचारको विकासले एड्सको कारणबाट हुने मृत्युमा कमी आएको हो ।
विहिबार बाँकेको नेपालगंजमा विश्व एड्स दिवसको पुर्व सन्ध्याको अवसर पारेर पत्रकारसँग गरीएको अन्तरक्रियामा प्रस्तुत गरीएको तथ्यांकले बताएको हो । कार्यक्रममा प्रस्तुत गरीएको तथ्यांक अनुसार । कार्यक्रममा आर्थिक वर्ष २०७९र०८० मा १७ हजार ३ सय २८ जनाले जाँच गराएकोमा १ सय ९ जनामा एचआइभी पोजेटिभ देखिएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा पोजेटिभ दर कम हो ।त्यसअघि आर्थिक वर्ष २०७८र०७९ मा ११ हजार ७ सय ४५ जनाले स्वास्थ्य जाँच गराएकोमा १ सय ५७ जना पोजेटिभ फेला परेका थिए । यस्तै आर्थिक वर्ष २०७७र०७८ मा ९ हजार ५ सय ७७ ले जाँच गराएकोमा १ सय १७ जना पोजेटिभ फेला परेका थिए ।
नेपालगन्ज उपमहानगरपालिका कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय बाँके र भेरी अस्पतालले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा भेरी अस्पतालका वरिष्ठ फिजिसियन डा. संकेत रिसालले नेपालमा एचआईभी संक्रमणको उच्च जोखिममा विभिन्न समुदाय रहेको बताए । सुईद्धारा लागु पद्धार्थ प्रयोग गर्नेहरु, यौनकर्मी र तिनका ग्राहकहरु, पुरुष समलिंगी तथा तेस्रो लिंगीहरु र रोजगारीका लागि विदेशिनेहरु तथा तिनका दम्पत्तिहरु र जेलमा रहेका कैदीहरुका लागि एचआईभी रोकथाम कार्यक्रम एबं संक्रमित र प्रभावितहरुका लागि उपचार, हेरचाह तथा सहयोग कार्यक्रम सञ्चालन भइरहेको उनले जानकारी दिए । डा.रिसालका अनुसार अझैपनि एचआइभीको अवस्था थाहा नपाएकाहरुलाई सर्वसुलभ परामर्श र परीक्षणको पहुँचमा ल्याउने र सबैसंक्रमितहरुलाई बेलैमा उपचार, हेरचाह र स्याहार सेवा प्रदान गर्नुपर्ने टड्कारो आवश्यकता रहेको बताए ।
एचआइभीरएड्स रोकथाम तथा नियन्त्रणका क्षेत्रमा काम गर्ने सम्बद्ध सरोकारवालाले एचआइभी र एड्स सम्बन्धी लाञ्छना तथा भेदभाव कम हुँदै गइरहेको बताएका छन् । यस्तै हेरचाह र सहयोग लगायत एआरभी औषधी उपचारमा पहुँच बढ्दै गएर एड्सको कारणबाट हुने मृत्युमा पनि कमी आएको उनीहरुको बुझाइ छ ।
उक्त कार्यक्रममा प्रस्तुत गरिएको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९ र ०८० मा ५ सय ५६ जना एचआईभी संक्रमितहरु भेरी अस्पतालमा ए.आर.टी.उपचारमा रहेका छन् । सन् २००४ देखी हालसम्म बाँकेमा एड्सबाट १ सय ७२ जनाको मृत्यु भएको जनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले पछिल्लो समयमा एचआइभी संक्रमण दरमा कमी आएको बताइन् ।
नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले एचआईभी नियन्त्रण र रोकथाम गर्नमा आफुहरु अगाडी बढेको बताए । पछिल्लो समयमा एचआइभी संक्रमितलाई हेर्ने दृष्टिकोणमा कमी आएको उनको भनाइ छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here