spot_img
Thursday, May 9, 2024
Homeब्यानरखनाल हिन्दू राष्ट्र निर्माणका लागि लड्दै

खनाल हिन्दू राष्ट्र निर्माणका लागि लड्दै

spot_img

बाँके–२ बाट दिवाकर खनालले गरे उम्मेदवारी घोषणा
सशस्त्र द्वन्द्वमा तत्कालीन माओवादीले आठ वटा गोली हानेपछि गम्भीर घाइते भएका दिवाकर खनालको अमेरिकामा उपचार भएको थियो । सशस्त्र द्वन्द्वको चरम मारमा परेका बाँके र बर्दियाकै प्रतिष्ठित उद्योगपति दिवाकारमाथि २०६१ सालमा बेलासुपुर स्थित आफ्नो घर जाने क्रममा ९जहाँ अहिले खनाल होटल छ० गोली प्रहार भयो । उनको छातीमा ६ र हातमा दुई वटा गोली लाग्यो । आटवटा गोली लागेको भएपनि उनको ज्यान जोगियो । तत्कालीन माओबादीले हानेको गोली लागेर गम्भीर घाईते भएका दिवाकर उपचारपछि निको भएसंगै अमेरिकामै बस्न थाले । लगातार १४ वर्ष अमेरिका मै बसेका दिवाकरले त्यहाँ पनि व्यवसाय नै गर्थे । छोराछोरीहरु पनि त्यही नजमेका भने होइनन् । नपुग्दो केही थिएन उनलाई । तर, देशको मायाले उनलाई सधैं पिरोलिरहन्थ्यो । अन्ततः उनी २०७४ मा नेपाल “नेपालगन्ज” फर्किए । नेपालगन्ज आएर समाजसेवा र उद्यमक्षेत्रमा सक्रिय बनेका दिवाकरलाई आफू पुनः राजनीतिमा कम ब्याक हुन्छु भन्ने लागेको थिएन । उनले राजनीति गर्नेतर्फ कुनै सोँच पनि बनाएका थिएनन् । १४ वर्ष अमेरिका बसेर फर्किएका दिवाकरले नेपालगन्ज परिर्वतन भएको पाए । तर, बाँकले कुसल अभिभावक नपाएको भन्दै ब्यापार व्यवसाय र समाजसेवासंगै दिवाकर पुनः राजनीतिमा फर्किएका छन् । बाँके क्षेत्र नम्बर–२ बाट दिवाकर खनालले आफ्नो उम्मेदवारी घोषणा गर्दै राजनीतिमा पुनः कम ब्याक गरेका हुन् । बिहीबार पत्रकार सम्मेलन गरेर खनालले नेपालगन्ज समेटिएको क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिने घोषणा गरे । हिन्दु राष्ट्र बनाउने मुख्य एजेण्डासहित खनालले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । खनालको उम्मेदवारी स्वतन्त्र हो । स्वतन्त्रबाट नै बाँकेको क्षेत्र नम्बर–२ ‘क’ मा राजकुमार रौनियारले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । एउटै मञ्चबाट खनाल र रौनियारले आ–आफ्ना उम्मेदवारी घोषणा गरेका हुन् । खनाल र रौनियार शिव सेनाका अगुवा मानिन्छन् । लगातार १४ वर्ष अमेरिका बसेर आएका खनालले अमेरिकी ग्रीनकार्ड त्यागेका छन् । अन्त जतिसुकै सुख भएपनि त्यसको केही अर्थ नहुने उनको तर्क छ । “जस्तो होस् स्वदेशमै केही गर्नुपर्छ, स्वदेश नै राम्रो हो ।” देशभक्तिले ओतप्रोत उनको यो भावनाले हिन्दु राष्ट्र बनाउन र देशको सेवा गर्नका लागि आफूले अमेरिका कार्ड त्यागेको खनालको भनाइ छ । २१ दिन अघि मात्र अमेरिकाको ग्रिन कार्ड त्यागेको उनले बताए । खनालको उम्मेदवारी घोषणासंगै बाँके क्षेत्र नम्बर–२ को निर्वाचनलाई लिएर यतिबेला राजनीतिक वृतमा चर्चा चुलिएकोछ । दिवाकरलाई चिन्नेहरुले विशुद्ध व्यवसायीका रुपमा मात्र चिन्दैनन् । राजनीतिज्ञदेखि समाजसेवीका रुपमा उनलाई चिन्छन् । निडर, स्ष्पष्ट वक्ता अझ भन्दा हक्की स्वभावका दिवाकर यसअघि २०५४ सालको निर्वाचनमा झिनो मतअन्तरले धवल शम्शेर राणासंग नेपालगन्जको मेयर पदमा पराजित भएका थिए । जतिबेला उनी शिव सेनाको समर्थनमा चुनाव लडेका थिए । मुलतः खनालको राजनीतिक पृष्ठभूमि नेपाली काँग्रेस हो । काँग्रेस हुँदै शिव सेनाको राजनीतिमा जोडिएका दिवाकर शिव सेनाका अगुवाका रुपमा चिनिन्छन् । शिव सेनासंग विशुद्ध धार्मिक आस्थाका कारण जोडिएको र त्यसलाई राजनीतिकका रुपमा अथ्र्याउन नहुने उनको तर्क छ । राजासहितको हिन्दू राष्ट्र वा हिन्दू राष्ट्र बनाउने एजेण्डा हो ? उम्मेदवारी घोषणाका क्रममा पत्रकारले राखेको जिज्ञासामा जवाफ दिदैँ खनालले भने–“हाम्रो मुख्य एजेण्डा भनेकै नेपाललाई हिन्दू राष्ट्र कायम गर्नु हो । नेपाललाई हिन्दू राष्ट्र कायम गराउन हामी कसैसंग सम्झौता गर्दैनौं । गणतन्त्रले हिन्दू राष्ट्र स्विकार्छ भने हामीलाई आपत्ती छैन ।” उनले अगाडी थपे–“राजाका विषयमा जनताले निर्णय गर्ने कुरा हो । जनताले चाहे भने राजासहितको हिन्दू राष्ट्र हुनसक्ला तर, हाम्रो एजेण्डा भनेकै नेपाललाई हिन्दू राष्ट्र बनाउनु हो ।” २०६२र०६३ को जनआन्दोलनका नाममा नेपाललाई धर्म निरपेक्ष गरियो ।यो विश्वभरका सनातनी हिन्दू धर्मावलम्बीहरुमाथिको धोका हो । यसका हामी प्रतिकार गर्दछौं” । पत्रकार सम्मेलनमा बोल्दै दिवाकरले भने“देशका ९० प्रतिशत बढि जनताले नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्ने माग छ । संसारकै एक मात्र हिन्दू राष्ट्र नेपाललाई धर्मनिरपेक्ष बनाइयो यो गलत र धोका हो । अब नेपाललाई हिन्दू राष्ट्र बनाउन कसैले रोक्न सक्दैन ।” “बाँकेको सामाजिक तथा धार्मिक सहिष्णुतालाई मध्यनजर गर्दै हामी अघि बढेका छौं । अरुको धर्म र समुदायसंग हाम्रो कुनै सरोकार छैन । यो धर्म, यो समुदाय सही गलतको ब्याख्या हामी गर्दैनौ । हामी नेपाललाई हिन्दू राष्ट्र स्थापना गराउन अग्रसर छौं ।”उनले बताए । यसअघि हिन्दू राष्ट्रको एजेण्डा बोकेर राजनीति गर्नेहरुले अर्थपूर्ण उपलब्धी प्राप्त गर्न नसकेको भन्दै आफूहरुले पदको राजनीति नभएर एजेण्डाको एजेण्डा गर्ने भएकाले यसलाई अगाडी बढाएर सफलता प्राप्त गर्ने उनको दावि छ । स्वतन्त्र उम्मेदवारीबाट आफूले जित्ने विश्वास ब्यक्त गर्दै दिवाकरले भने यसका लागि पछिल्लो तीन महिनादेखि निर्वाचन क्षेत्रका मतदाताको घरदैलो पुगेर तयारी तिव्र पारिएको उनले बताए । आफ्नो चुनावी अभियानमा हिन्दु धर्मावलम्बीसहित सबै समुदायले साथ र सहयोग गर्ने उनको विश्वास छ । पत्रकारले सोधेको प्रश्नको जवाफ दिदै खनालले अहिलेसम्म दलहरुले हिन्दु धर्मको अस्तित्व मेटाउने काम मात्रै गरेको आरोप लगाए । बाँके क्षेत्र नम्बर– २ आफ्नो पुरानो निर्वाचन क्षेत्र रहेको र यहाँका अधिकांश हिन्दु समुदायले यसपटक निर्वाचनमा विवेक प्रयोग गर्ने उनले विश्वास गरे । राजनीतिसंगै दिवाकरको व्यवसायीक सम्बन्ध निकै पुरानो छ । उनका जिजु हजुरबुवा एक सय वर्ष भन्दा पहिले गुल्मीबाट नेपालगन्ज आएका थिए । त्यसबेलाबाटै उनको परिवार नेपालगन्जमा रहेर व्यापारसंग जोडिएको थियो । त्यो बेला खनाल परिवारले गल्लादेखि काष्ठ ब्यापार गरे । दिवाकरकै पालामा खनाल रोजिन टर्पेनटाईन र लक्ष्मी फिल्म हल सञ्चालन पनि सुरु भयो । खनाल यो क्षेत्रमा पुरानो व्यवसायीक परिवार हो । नेपालगन्ज उपमहानगरपालिकामा रहेका कुल २३ वटा वडा मध्ये वडा नम्बर १६ र १७ भने क्षेत्र नम्बर–३ मा पर्छन् । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको निर्वाचनमा क्षेत्र नम्बर–२ मा पर्ने नेपालगन्ज उपमहानगरपालिकाका बाँकी २१ वटा वडामा जसपाले ६, नेकपा एमालेले ५, नेपाली काँग्रेसले ४, माओवादी केन्द्र र राप्रपाले ३र३ वटा वडा जितेको थियो । यस्तै डुडुवा गाउँपालिकामा जसपाले ३, एमालेले २ र काँग्रेसले एउटा वडा जितेको थियो । उक्त क्षेत्रमा २०७० सालसम्म पुर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पुर्वसभापति सुशील कोइराला चुनाव लड्ने गरेका थिए । कोइरालाको निधन पछि २०७४ को निर्वाचनमा काँग्रेस र राप्रपाबीच चुनावी तालमेल हुँदा गठबन्धनका तर्फबाट राप्रपाका ओमप्रकाश आजाद चुनाव लडेपनि पराजित भएका थिए । यस्तै बामगठबन्धनका तर्फबाट सूर्य चिन्ह लिएर पशुपति दयाल मिश्र चुनाव लडेका थिए, भने संघीय समाजवादी पार्टीका तर्फबाट एक्लै चुनाव लडेर मोहम्मद ईस्तियाक राई प्रतिनिधी सभाको सांसदमा निर्वाचित भएका थिए । हाल जनता समाजवादी पार्टी “जसपा” का नेता समेत रहेका राई वर्तमान सरकारको भौतिक पुर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारीमा छन् । सत्तारुढ पाँच दल नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन गरेर चुनाव लड्ने सहमती भइसकेको छ । प्रतिनिधी सभा जसपालाई र प्रदेश सभा काँग्रेसलाई दिने लगभग पक्कापक्की भएकोछ । यसो भएमा संघीय निर्वाचनमा जसपाबाट पुनः मोहम्मद ईस्तियाक राई र प्रदेश सभा “क” र “ख” का लागि नेपाली काँग्रेसका दुई जना लड्ने पक्का छ । यस्तै यो क्षेत्रबाट राप्रपाका महामन्त्री तथा निर्वतमान नेपालगन्जका मेयर डाक्टर धवल शम्शेर राणा तथा केही दिन अघि मात्र जसपा त्यागेर नेकपा एमाले प्रवेश गरेका विजयबहादुर यादव नेकपा एमालेबाट लड्ने तयारीमा छन् । यसो हुँदा क्षेत्र नम्बर–२ मा प्रतिनिधि सभा निर्वाचनका लागि राणा, राई र खनालबीच त्रिपक्षिय भिडन्त हुने पक्का छ ।साभारःसेतोखरी

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here