spot_img
Friday, April 24, 2026
Homeब्यानरक्रियाशील पत्रकार महिला बाँकेद्वारा नयाँ वर्ष २०८३ को भित्तेपात्रो बिमोचन

क्रियाशील पत्रकार महिला बाँकेद्वारा नयाँ वर्ष २०८३ को भित्तेपात्रो बिमोचन

spot_img



नेपालगन्जमा क्रियाशील पत्रकार महिला बाँकेले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न गरेको छ। संस्थाकी अध्यक्ष सावित्री गिरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषी चौलागाईंले भित्तेपात्रो सार्वजनिक गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चौलागाईंले पत्रकार महिलाको व्यावसायिकता र दक्षता अभिवृद्धिका लागि संस्था सक्रिय रूपमा लागिरहेको उल्लेख गरे। प्रमुख अतिथि चौलागाईंले महिलाहरूको यस्तो क्रियाशीलताले समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे ।

विशिष्ट अतिथि तथा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकार महिलाहरूको व्यावसायिक सशक्तीकरणका लागि नयाँ योजनाहरू अघि सार्ने र त्यसलाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए । साथै, सरकारी विज्ञापन वितरणमा देखिएको विभेदप्रति राज्य गम्भीर बन्नुपर्ने अध्यक्ष गिरिको धारणा थियो।

क्रियाशील पत्रकार महिला बाँकेका संस्थापक सचिव तथा पूर्व अध्यक्ष उमा थापा मगरले पत्रकार महिलाको क्षमता अभिवृद्धिमा निरन्तर ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै विगतदेखि हालसम्मका चुनौतीहरूबारे चर्चा गरीन ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अलीले “हामी बोल्छौं, हामी लेख्छौं र हामी बदल्छौं” भन्ने नाराले पत्रकार महिलाको सक्रियता झल्काउने बताउँदै आगामी दिनमा थप सशक्त भूमिका खेल्न आग्रह गरे ।
नेपाल पत्रकार महासंघ बाँकेका पुर्व अध्यक्ष निरज गौतमले पत्रकार महिलाहरुको क्रियाशीलताका लागि आफूले सधै सकेको सहयोग गर्ने बताउदै पत्रकार महिलाहरुलाई निरन्तर क्रियाशील रहन सुझाव दिए ।
त्यसैगरी, नेपाल पत्रकार महासंघ बाँकेका निवर्तमान अध्यक्ष दामोदर भण्डारीले क्रियाशील पत्रकार महिलाहरूका लागि अक्षय कोष स्थापना गर्ने घोषणा गर्दै व्यावसायिक विकास र सहभागितामा निरन्तर सहयोग रहने बताए ।
कार्यक्रममा कार्यालय व्यवस्थापनका लागि सहयोग गर्ने अर्बन फर्निचर एण्ड फर्निसिङ हब प्रा.लि.का सञ्चालक अफजल खान र भित्तेपात्रो प्रकाशनमा सहयोग गर्ने सुवि एजुकेशन एण्ड भिसा सर्भिसका प्रोप्राइटर बिनोज बास्तोलालाई सम्मान गरिएको थियो। साथै, थारु पत्रकार संघ बाँकेका नव निर्वाचित अध्यक्ष जागेश्वर चौधरीलाई बधाई ज्ञापन गरिएको थियो।
अध्यक्ष सावित्री गिरीले भित्तेपात्रो प्रकाशनलाई पहिलो प्रयासको रूपमा लिँदै आगामी दिनमा यसलाई निरन्तरता दिने बताईन । अध्यक्ष गिरिले स्मारिका प्रकाशनको अनुभवलाई उपयोग गर्दै भित्तेपात्रो प्रकाशन सफल भएको उल्लेख गर्दै पत्रकार महिलाहरूलाई थप व्यावसायिक बनाउने लक्ष्य रहेको बताईन। साथै, पत्रकार महिलाहरूको पारिश्रमिकका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराईन ।

कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ अकोराबका केन्द्रीय सदस्य आरिफ अन्सारी, नेपाल प्रेस युनियन बाँकेका उपाध्यक्ष कमल खत्री र चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेल लगायत विभिन्न सञ्चार माध्यममा आवद्ध पत्रकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here