spot_img
Monday, May 20, 2024
Homeकृषिकोहलपुरनगरलाई डेरी एशोसियसनले बुझायो ज्ञापनपत्र

कोहलपुरनगरलाई डेरी एशोसियसनले बुझायो ज्ञापनपत्र

spot_img

गोठदेखी ओठसम्म भन्ने नाराका साथ संचालनमा रहेको कोहलपुर डेरी एशोसियनसनले स्थानियत तहलाई विभिन्न दश बुदे आफ्ना मागहरु राखेको बताएको छ । एशोसियनका अध्यक्ष रमिला थापाको नेतृत्वमा गएको टोलीले कोहलपुर नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यलाई माग सहितको ज्ञापनपत्र सोमबार बुझाएको हो ।ज्ञापनपत्र बुझ्दै नगर प्रमुख आचार्यले ज्ञापनपत्रका बारेमा आगामी बैठकमा राख्ने र सम्भव हुने मागहरुलाई सम्बोधन गर्ने प्रतिवद्धता गरेको एशोसियनसनका महासचिव सन्तोषराज पौडेलले जानकारी गराए ।बाँकेमा पछिल्ला समय संगठित रुपमा सहकारी संस्थान र प्राइभेट डेरी उद्योगबाट दुग्ध कारोबार हुदै आएको र दर्ता विना विभिन्न पसल र व्यक्तिबाट समेत मापदण्ड विपरीत गुणस्तरहिन दुग्ध कारोवार भैरहेको भन्दै आफुहरु स्थानिय तहसम्म पुगेको एशोसियसनका महासचिव पौडेलले बताए ।ज्ञापनपत्रका मापदण्ड विपरीत दुग्धजन्य वस्तु कारोबार हुदै आएकोमा यसबा जनस्वास्थ्यमा प्रतिकुल असर पार्ने र बजारमा अस्वस्थ प्रतिस्पर्धा भएको हुदाँ नेपाल सरकारको स्वामित्वमा रहेको नेपालगन्ज दुग्ध विकास संस्थानको जग्गामा पाउडर प्लान्ट तत्काल बनाउन पहल गर्नु पर्ने, दुध तथा दुग्धजन्य पदार्थहरु सरकारी निकाय, सुरक्षाकर्मी र विद्यालयमा खुवाउने व्यवस्था गर्नु पर्ने, दुध उत्पादन गर्ने तथा किसान तथा प्रशोधन गर्ने निकायलाई छिटो छरितो अनुदानको व्यवस्था गर्नु पर्ने, भारतबाट आउने दुग्धजन्य पदार्थहरु जस्तै दुध, खुवा, पनिर, बटर मिल्क, धुलो दूध पाउडर लगायतका बस्तुहरुलाई तत्काल बन्द गर्नु पर्ने, दुध तथा दुधजन्य पदार्थहरु खुल्ला रुपमा विना दर्ता गुणस्तरहिन दुध विक्रि वितरण भैरहेको हुदा सो को छानविन गरी बन्द गर्नु पर्ने, किसानका गाई, भैसीको बिमा र उपचारमा लाग्ने औषधी खर्च सरकारले निःशुल्क उपलब्ध गराउनु पर्ने , नेपाल सरकारवाट उत्पादीत पशु आहार गुणस्तरीय बनाई किसानलाई सरकारले ५०५ अनुदानमा दिने व्यवस्था गर्नु पर्ने साथै डि.डि.सी बाट उत्पादीत दुधजन्य सामाग्रीहरु नेपालको जुनसुकै ठाँउमा भण्डारण को व्यवस्था गर्नु पर्ने ,मिल्क होलिडे बन्द गरि सहज तरिकाले किसानको दुध किन्ने र भुक्तानी व्यवस्थापन गर्नु पर्ने, अर्व करिव वक्यौता रकम तत्काल निकासा गरि किसानलाई भुक्तानी दिने व्यवस्था गर्नु पर्ने, नेपालमा मात्र नभई अन्तराष्ट्रिय जगतमा नेपालको दुध तथा दुग्धजन्य पदार्थको बजारीकरणको लागि बातावरण बनाउन सहकारी स्तरबाट तुरुन्त पहल गर्नु पर्ने लगायतका मागहरु राखेको महासचिव पौडेलले जानकारी गराए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here