spot_img
Monday, May 20, 2024
Homeब्यानरकोभिड जोखिमको पुर्व तयारीका लागि स्वास्थ्य सरोकारवालाले गरे प्रतिवद्धता

कोभिड जोखिमको पुर्व तयारीका लागि स्वास्थ्य सरोकारवालाले गरे प्रतिवद्धता

spot_img


संवाद समूह बाँकेद्धारा आज नेपालगञ्जमा आयोजित कोभीड १९ को सम्भावित जोखिम, तयारी र प्रभावकारी उपचार सेवा बारे स्वास्थ्य सरोकारवालासँग गरिएको अन्तरक्रियात्मक सम्वाद सहजीकरणमा सहकार्यको प्रतिवद्धता व्यक्त गरेका छन् । बाँकेमा कोभीड १९ को सम्भावित तेस्रो लहरको रोकथाम र प्रभावकारी उपचारको पुर्व तयारीका लागि स्वास्थ्य सरोकारवालाले सो प्रतिवद्धता व्यक्त गरेका हुन । चिकीत्सक, अस्पताल पदाधिकारी, स्वास्थ्यकर्मी, सुरक्षा अधिकारी, जनप्रतिनीधी र नागरिक समाजका अगुवा सहभागी कार्यक्रममा कोरोना संक्रमण साझा सरोकारको विषय भएकाले सामुहिक सहकार्यका साथ पुर्व तयारी थालीसकिएको जानकारी गराइएको थियो । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रद्धारा यस अघि गठीत विशेषज्ञसहितको समितीले सम्भावित जोखीम र गरिनु पर्ने तयारी बारे सुझाव सहितको प्रतिवेदन बाँकेका प्रमुख जिल्ला अधिकारी एवं केन्द्रका संयोजक शिवराम गेलाललाई बुझाएको थियो । कार्यक्रममा सहभागी अधिकांस विज्ञहरुले स्वास्थ्य सचेतना, दक्ष जनशक्ति, पुर्वाधार, उपकरणसहितको व्यवस्थापन तथा प्रभावकारी उपचारलाई प्राथमिकता दिन सुझाव दिएका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी गेलालले विगतबाट पाठ सीक्दै कोरोना जोखीमको सामना गर्न पूर्ण तयारी अवस्थामा रहेको जाकारी दिनु भयो । स्वास्थ्य संस्था, स्थानीय तह लगायतसँगको समन्वय र सहकार्यमा आवश्यक रणनीतीसहित कार्य गरिने पनि प्रतिवद्धता व्यक्त गर्नु भयो । नेपालगञज उपमहानगरपालिकाका उपप्रमुख उमा थामा मगरले यिमित सम्वाद र समन्वयले नै सामुहिक पहलको बातावरण सिर्जना हुने भन्दै त्यसका लागि जिम्मेवार हुन आहवान गर्नु भयो ।भेरी अष्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा प्रकाश थापाले सम्भावित जोखीमको सामना गर्न जनशक्ती, श्रोत साधान सहितको तयारी अवस्थामा रहेको जानकारी दिनु भयो ।
नेपालगञ्ज मेडिकल कलेजका निर्देशक डा सुरेश कनोडियाले महामारीमा नीजी स्वास्थ्य संस्थाले पनि सामाजिक उत्तरदायीतव निर्वाह गरेको बताउनु भयो ।नेपाल चिकीत्सक संघ भेरी अध्यक्ष डा विनोद कर्णले स्वास्थ्य सचेतनामा जोड दिदै स्वाथ्यकर्मीलाई सहज रुपमा काम गर्ने बतावरण बनाउनु पर्ने आवश्यक्ता औल्याउनु भयो ।नेपालगञ्ज मेडिकल कलेजकी बाल रोग विशेषज्ञ डा रोमा बोराले कोरोनाको तेस्रो लहर कुन स्वरुपमा आउछ भन्ने एकिन नभएको भन्दै गर्भवती महिलालाई पनि खोपको व्यवस्थापन गर्नु पर्नेमा जोड दिनु भयो ।जिल्ला स्वास्थय कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले संक्रमीतको संख्या घटदै गइरहेपनि तयारी पूर्ण रुपमा हुन आवश्कीय भएको बताउनु भयो ।नेपाल बार एशोसीयशन वरिष्ठ उपाध्यक्ष सुनिल श्रेष्ठसम्वाद समूहका सहजकर्ता शुक्रऋषि चौलागाईले सहजीकरण गर्नु भएको कार्यक्रममा जिल्ला शिक्षा विकास समन्वय इकाई प्रमुख राम सुरेश यादव, भेरी अस्पताल विकास समितका सदस्य एवं नागरिक अगुवा कृष्ण प्रसाद श्रेष्ठ, नेपालगञज उद्याग वाणीज्य संघका महासचिव चिरञ्जीवी वली, नेपालगञज उपमहानगरपालिका स्वास्थ्य शाखा राम बहादुर चन्द, बालमनोवीद सुदिप भटराई लगायतले आआफनो सुझाव राख्नु भयो । कार्यक्रमको उद्येश्य र महत्वमाथि समूहका सदस्य एवं अधिवक्ता प्रहलाद बहादुर कार्कीले प्रकाश पार्नु भएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here