spot_img
Thursday, May 9, 2024
Homeकला/साहित्यकृति प्रकाशन समाज परिवर्तनको बाटो

कृति प्रकाशन समाज परिवर्तनको बाटो

spot_img

साहित्य कृति प्रकाशनलाई समाज परिवर्तनको बाटोको रुपमा लिनु पर्ने बाँकेका साहित्यकारहरुले बताएका छन । शनिबार बाँकेका साहित्यकार गणेश विसीको मृत्युफुल कथा संग्रहको विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा बक्ताहरुले सो कुरा बताएका हुन ।कार्यक्रमलाई सम्बोधन गर्दै भेरी साहित्य समाजका अध्यक्ष तथा प्राध्यापक हरि प्रसाद तिमिल्सेनाले भने,‘ साहित्य सृजना तथा प्रकाशनले समाजका लुकेर रहेका सामाजिक विकृतिहरुलाई प्रकाशमा ल्याइदिने गर्दछन ,यस्ता विकृतिको कसरी हटाउन सकिन्छ भन्ने मार्ग निर्देशन समेत दिने हुदाँ साहित्य प्रकाशन समाज परिवर्तनको जग हो भन्न सकिन्छ । ’
यस्तै कृतिको जन्म नै लेखकको पुर्न जन्म हुने बताउँदै साहित्यकार नरेन्द्र जंग पिटरले साहित्यकारले प्रकाशित गरेको साहित्यले लेखकलाई सधैव यादगार बनाएर राख्ने हुदाँ कृतिलाई लेखकले जन्म दिनु पर्ने बताए ।यसैगरी वरिष्ठ साहित्यकार सनत रेग्मीले पछिल्लो समय साहित्यलाई हेर्ने दृष्टिकोणमा फरक आएको भएता पनि राज्यले समेत साहित्यका विषयमा चासो र चिन्ता देखाउनु पर्ने बताए थिए ।लेखक गणेश विसीद्धारा लेखिएको मृत्युफुल कथा संग्रहको विमाचन कार्यक्रम भेरी साहित्य समाजका भाषा तथा समालोचक विभागका संयोजक लेक प्रसाद प्याकुरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथितमा अख्यानकार सनत रेग्मी रहेको थिए । यसैगरी विशिष्ट अतिथिमा लुम्बिनी प्राविधिक विश्वविद्यालय सेवा आयोग सदस्य कृष्ण प्रसाद घिमिरे,लेखक नरेन्द्रजंग पिटर,प्राज्ञ नेपाल प्रज्ञा प्रतिष्ठानका महानन्द ढकाल,भेरी साहित्य समाजका सल्लाहकार पुर्णलाल चुके र विष्णुलाल कुमाल,साहित्यकार डा.इन्द्र बहादुर भण्डारी,सर्वदा साहित्य सङ्गमका अध्यक्ष खगेन्द्र गिरी कोपीला,साहित्यकार किरण आर्चाय,कल्पना फाउन्डेसन नेपाल अध्यक्ष कल्पना पौडेल,सहित्यकार भीम बहादुर शाही, पत्रकार शुक्रषी चौलागाई,शरण कर्माचार्य,मधु पौडेल,गोविन्द शर्मा, अर्जुन वली लगायतको उपस्थिति रहेको कार्यक्रममा विमोचित कृतिमाथिको समीक्षा साहित्यकारद्धय गीता अर्याल र चरित्रा शाहले गरेको थिए । भने साहित्यकार मिना शर्माले सहजीकरण गरेको कार्यक्रममा चन्द्रावी अधिकारी, सुमित्रा न्यौपाने लगायतले रचनावाचन गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here