spot_img
Thursday, May 9, 2024
Homeकृषिकिसानलाई सहज रुपमा मलखाद उपलब्ध गराउन माग

किसानलाई सहज रुपमा मलखाद उपलब्ध गराउन माग

spot_img

नेपाल कृषि प्रधान देश भएता पनि क्रमश नेपाली कृषकहरुमा खेतीपाती तर्फ खासै आकर्षण भएको देखिदैन ।कृषीकर्मका लागि आवश्यक पर्ने विउ,मलखाद लगायत सिचाईको समस्याको कारण नेपाली कृषकहरुमा कृषी प्रति आकर्षणमा कमी आएको हो ।कृषी तथा कृषकहरुका लागि गरीने जती पनि निर्णयहरु कागजमा मात्रै सिमित भएको पाइन्छ । नेपालका किसानहरुका लागि सरकारले समयमा विउ, मलखाद उपलब्ध नगराउदा हरेक वर्ष किसानहरु समस्या खेप्दै आएका छन ।अहिले आकासे पानी नपर्दा किसानहरु समस्यामा परेका छन । पानी नपर्दा किसानहरुले धानको व्याड समेत राख्न पाएका छैनन भने रोपाई सुरु हुने बेला किसानले मल नपाएर समस्यामा परेका छन । किसानलाई धान खेतीको बेला मल उपलब्ध नभएपछि किसानी प्रभावित भएको छ ।
यसै विषयलाई लिएर बाँकेमा सोमबार बाँके प्रशासनको ध्यानाकर्षण गराएका छन । बाँकेमा रहेको कृषि तथा विउविजन सामाग्री केन्द्रमा मौजदात रहेको मल सहज रुपमा किसान समक्ष पुर्‍याउने वातावरण मिलाउनका लागि सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजित तिवारी नेतृत्वको समुहले ज्ञापन पत्र बुझाएका छन ।अधिवक्ता समेत रहेका तिवारीले नेपालको संविधानको धारा (३६) मा खाद्य सम्वन्धी हकको व्यवस्था गरिएको जानकारी दिए । किसानका लागि तत्काल सस्तो, सहज रूपमा धानको बिउ, मल उपलब्ध गराउने व्यवस्था, गत वर्ष वर्षा र बाढीका कारण किसानको धानबालीमा भएको क्षति स्वरूप गर्नुपर्ने रकम र बाँके जिल्लाका किसानहरुलाई तत्काल मल खादको व्यवस्था मिलाउन सरकार संग विशेष माग गरेको विज्ञप्तीमा उल्लेख छ ।ज्ञापन पत्र बुझाउनेहरुमा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जयसिंह केसी, ज्येष्ठ नागरिक सञ्जालका कृष्णमुरारी प्रसाद भटट, नागरिक अभियन्ता रविन्द्र कुमार ज्ञवाली लगायतले हस्ताक्षर गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here