spot_img
Saturday, April 27, 2024
Homeबजारकांग्रेस बाँके तोक्यो क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति

कांग्रेस बाँके तोक्यो क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति

spot_img

नेपाली कांग्रेस बाँकेले बैशाख १५ गतेभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्न तल्लो तहलाई सर्कुलर गर्ने निर्णय गरेको छ । कांग्रेस बाँकेका कार्यबहाक सभापति गोपालप्रसाद अधिकारीको सभापतित्वमा विहिबार बसेको जिल्ला कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले विधानतः सबै तहले गर्नुपर्ने बार्षिक सम्मेलन (वडादेखि क्षेत्र) बैशाख मसान्तसम्म गरिसक्न निर्देशन दिएको छ । यस्तै बैठकले जिल्लामा कार्यक्रमहरु गरिँदा संस्थापक नेताहरुको फोटो मात्र राख्ने गरिएकोमा अबदेखि संविधान पिता सुशिल कोइरालाको पनि फोटो राख्ने निर्णय गरेको कार्यबहाक सभापति अधिकारीले बताए ।

पार्टीका पूर्व जिल्ला सभापति गजेन्द्रबहादुर हमालले महासमिति सदस्यबाट दिएको राजीनामा पुनर्विचार गर्न अनुरोध गर्दै अस्विकृत गर्ने निर्णय गरिएको छ । तर, हमालले पार्टीभित्र उठाएको सनातन हिन्दु राष्ट्रको मागलाई जिल्लाको बार्षिक सम्मेलनमा प्रस्ताबका रुपमा लैजाने निर्णय पनि बैठकले गरेको कार्यबहाक सभापति अधिकारीले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here