spot_img
Thursday, May 9, 2024
Homeब्यानरकांग्रेस नेता पौडेलको सम्झानामा श्रदाञ्जली सभा

कांग्रेस नेता पौडेलको सम्झानामा श्रदाञ्जली सभा

spot_img

कोहलपुरः नेपाली काँग्रेसका पुराना नेता स्वर्गिय प्रमोदकुमार पौडेलको सम्झना शुक्रबार श्रद्धाञ्जली सभा गरिएको छ । बाँकेको साविक शम्शेरगन्ज गाविस हाल कोहलपुर नगरपालिका वडा नम्बर १४ पार्वतीपुर निवासी पौडेलको गत मंसिर २० गते सवारी दुर्घटनामा परी निधन भएको थियो ।
पौडेलको निधन भएको ४५ औं दिनको पुण्यतिथीका अवसरमा काँग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर १ बाँकेले शुक्रबार निवासमै पुगेर श्रद्धाञ्जली सभा गरेको हो । क्षेत्र नम्बर १ का सभापति पोषण केसीको सभापतित्वमा सम्पन्न भएको श्रद्धाञ्जली सभामा जिल्ला सभापति नाराणप्रसाद गौडेल, पूर्वजिल्ला सभापति सनत रेग्मी, नेपाली काँग्रेस प्रदेश क्षेत्र नम्बर १ (ख) का सभापति बलराम शर्मा, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, पार्टीका विभिन्न तहका नेता कार्यकर्ताको उपस्थिती रहेको थियो ।
सभामा बोल्ने काँग्रेस नेताहरुले स्वर्गीय पौडेलको योगदानबारे चर्चा गरे । सो क्रममा स्वर्गीय पौडेलका हितैषी मित्र काँग्रेस नेता रामलौटन यादवले पार्टीमा पौडेलको योगदानबारे चर्चा गरेका थिए । परिवारको तर्फबाट स्वर्गीय पौडेलका सुपुत्र डा। उत्तम पौडेलले आफ्ना बाबुले समाजमा पुर्याएको योगदानको चर्चा गरे । उनले स्वर्गिय बुवाको सपना साकार पार्न आफू र आफ्नो परिवार पार्टी तथा जनताको हितमा क्रियाशील रहने प्रतिवद्धता ब्यक्त गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here