spot_img
Monday, May 20, 2024
Homeब्यानरकपिलबस्तुमा झाडापखालाबाट २ को मृत्यु,५५को उपचार

कपिलबस्तुमा झाडापखालाबाट २ को मृत्यु,५५को उपचार

spot_img

कपिलबस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाबाट २ जनाको मुत्यु भएको छ भने ५५ जना बिरामीहरुको उपचार भइरहेका छ ।कपिलबस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाका प्रकोप फैलिएको छ । नगरको वडा नं ७,८ र ९ मा गए रातिदेखि बान्तासँगै झाडापखाला लाग्ने बिरामीको संख्या हातै बढेको हो ।स्थानीय शिवराज अस्पताल बहादुरगँजमा सोमबार रातीदेखि उपचारको लागि आउने सँख्या बढेको अस्पतालका डाक्टर मुकेश चौधारीले बताए। मंगलबार दिउँसो सम्म अस्पतालमा ५२ जनालाई अस्पताल मै उपचार भैरहेको छ भने २० जनालाई थप उपचारको लागि बुटवल प्रदेशसिक अस्पतालमा रिफर गरिएको डा,चौधरी ले बताए ।कृष्णनगर नगरपालिका को बहादुरगंन्ज , सुखरामपुर ,देवानगढिया , जमुनी ,दयानगर , बिजयनगर ,जुमिला डबरा लगायतका गाँउमा झाडा पखाला र बन्ताका बिरामी निरन्तर बढदै गएको अस्पताल प्रशासनले जनाएको छ ।प्रकोपका कारण दुई जनाको ज्यान गएको छ भने ५२ जना बिरामी अस्पतालमा रहेको छन् ।कृष्णनगर ९ का ५ बषिंय राज कश्यप र कृष्णनगर ८ का ४० बषिे्य रामप्रसाद केवटको स्थानीय क्लिनिकमा उपचारको क्रममा मुत्यु भएको स्थानीय मनिष गुप्ताले बताए ।अहिलेसम्म जिल्लाको बिभिन्न ठाउ को २ सयभन्दा बढी मानिसहरु बिरामी रहेका छन्
चेतनाको अभावका कारण सरसफाईमा ध्यान नदिंदा तथा दुषित पानीका कारण झाडापखालाको प्रकोप बढेको स्वास्थ्यकमीहरुको भनाई छ ।
झाडापाखालाका महामारी फैलिएसंगै जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुको टोली बहादुरगँज अस्पताल पुगको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here