spot_img
Thursday, May 9, 2024
Homeकृषिएसियाकै पहिलो ‘कृषिकर्जा मेला’ नेपालमा

एसियाकै पहिलो ‘कृषिकर्जा मेला’ नेपालमा

spot_img

विश्वकै दोस्रो तथाएसियाको पहिलो भनिएको ‘कृषिकर्जा मेला’ नेपालमाआयोजनाहुने भएको छ । यही चैत ९ गतेदेखि १२ गतेसम्मचितवनको एक्स्पो सेन्टर भरतपुरमा सो मेलाहुनलागेको हो ।यो मेलालाई आर एण्ड डी इनोभेटिभ सोलुसनप्रा.लि. र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्त रुपमाआयोजनागरिएकोसोमबार काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजनागरि जानकारी दिइयो ।मेलाको मुख्यप्रायोजकको रुपमानबिल बैंक लिमिडेट र कृषिविकास बैंक रहेका छन् । सहयोगी संस्थाहरुमा बैंकर्स एसोसिएसन, शिखर इन्सुरेन्स, फोन पे र डेभलपमेन्ट एलायन्स नेपाल रहेका छन् । मेलाको रिसर्च पार्टनरको रुपमाथ्री एस फाउन्डेशन रहेको छ । सोहीमितिमा र सोही स्थानमा सलोम ५औं राष्ट्रिय कृषियान्त्रीकरण प्रदर्शनी–२०७८ पनिआयोजनागरिएको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघले सो प्रदर्शनीको आयोजना गरेको हो । प्रदर्शनीमै कृषिकर्जा मेलाको पनिआयोजनागरिएको र यो मेलाको थपआकर्षण हुने संघका अध्यक्षखोजराज कटुवालले बताए । कृषिसँगजोडिएका सबै विषयलाई एकै ठाउँमा समावेश गर्ने उद्देश्यले कृषिकर्जा मेलाको पनिआयोजनागरिएको उनले बताए । ‘कृषक र कृषिसँगजोडिएका मेला भ्रमणकर्तालाई एकै थलोमा सबै समस्याको समाधानहोस् भन्ने उद्देश्यले यो मेलाआयोजनागरिएको हो’ कटुवालले भने ।कृषिकर्जा विगततीनवर्षमाकरिब ५८ हजार जनाले मात्रै लिन सकेको तथ्याङ्क छ । धितोको अनिवार्यता, झण्झटिलो प्रकृया, उच्च दरको ब्याज र सेवाशुल्कआदिकारणले पनि कृषकहरु बैंकसँग कृषिकर्जाको पहुँचमापुग्न सकेका छैनन् । यो अवस्थामाआयोजनाहुने कृषिकर्जा मेलाले कृषक र सरोकारवालालाई सहजताप्रदानगर्ने अपेक्षागरिएको मेला संयोजक सुशमाशर्माले बताइन् । मेलाले बैंक र कृषकहरुलाई एकै थलोमा भेला गराई कृषिकर्जा सम्बन्धमा कृषकहरुलाई जानकारी गराई कृषकहरुमा कृषिवित्तीय साक्षरताअभिवृद्धि गराउने शर्माको भनाई छ । यसैगरी बैंकहरुलाई कृषिकर्जा व्यवसायविस्तारमार्फत बजार प्रवद्र्धनमा सहयोग पुर्याउने, नीतिनिर्माता, नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक र कृषकहरुको उपस्थितिमा कृषिकर्जाको राष्ट्रिय संवादएवम् कार्यशाला सञ्चालन गरी आगामीदिनमाथप कृषिकर्जामैत्रीनीतिनिर्माणमा सहयोग पुर्याउने र कृषक, बैंक, सेवाप्रदायक र नीतिनिर्माताबीच समन्वय र सहकार्यको वातावरण सिर्जनागर्ने उद्देश्य रहेको उनको भनाई छ । नेपाल बैंकर्स एसोसिएसनकाअध्यक्षअनिलशर्माले कृषिकर्जाको कन्सेप्ट राम्रो लागेकोले नै सहयोगी संस्थाको रुपमाआफूहरु रहनतयार भएको बताए ।यसले वास्तविक निडी वा कृषकसम्मवित्तीय सूचनापुग्ने अपेक्षागरिएको उनले बताए । कृषि क्षेत्रमा बैंकहरुले ठूलो लगानीभइरहे पनिउपलब्धिन्यूनभएको उनको भनाई छ । कृषकले उत्पादन त गरेका छन् तर ढुवानी र बजारिकरणसम्मका भ्यालु चेनमा बैंकले ध्यानदिनआवश्यक रहेको उनले बताए ।कृषिको उत्पादन र बजारिकणको प्रवद्र्धन गर्ने राष्ट्र बैंक र वित्तीय संस्थाहरुको पनिनीति रहेको उनले बताए । धेरै जसो सहुलियतकर्जा कृषि क्षेत्रमै गइरहेको बताउँदै उनले वास्तविक कृषकसम्मपुग्ननसकेको बताए । कृषि क्षेत्रलाई थप प्रवद्र्धन गर्न बैंक र एसोसिएसनतयार रहेको उनले बताए । बैंकले कृषिमालगानी बढाउन सके वैदेशिक रोजगारीमायुवाजाने क्रमपनि रोकिने उनको भनाई थियो । कृषिप्रधान देश तथा मेरो बुबाआमा कृषक भन्नहामी लजाउँछौं तर कृषि र कृषकमा सम्पूर्ण नेपालीले गर्व गर्ने दिनआउनु पर्ने नबिल बैंककासिइओ अनिल केशरी शाहले बताए ।
यसअघि बैंकहरु घर, जग्गा र मोटर कर्जामै रमाइरहे पनिहाल कृषि क्षेत्रमालगानी बढाइरहेको उनले बताए । नेपालको माटो नै उर्वर रहेको भन्दै उत्पादनहुनलाई मेहनत नै नचाहिने उनले बताए । यस्तो उर्वर माटोलाई पूर्ण सदुपयोग गर्नुपर्ने उनको भनाई थियो ।
कृषि वस्तुको उत्पादन, भण्डारण र बिक्रीवितरणमा बैंकहरुले लगानी बढाउनु पर्ने र कृषिवस्तुको प्रवद्र्धन गर्नुपर्ने बताए । हजारौं युवाहरु जहाज चढेर विदेश जाँदाजहाजको कार्गो खालीहुने बताउँदै उनले त्यसमा नेपालको कृषिउत्पादन भरेर खाडी मुलुक पठाउनु पर्ने बताए ।विदेश गएर कागजल्याउने होइन सीपल्याउनेले अब देश परिवर्तन गर्न सक्ने बताउँदै उर्जाशीलयुवाहरुलाई नबिल बैंक लगानीगर्न तयार रहेको उनले बताए ।यो मेलाले कृषक र उद्यमीहरुलाई सहजबनाउने उनले अपेक्षा गरे । मेलामानयाँ सोच, सीप, ज्ञान, जाँगर भएकाव्यक्तिहरुलाई स्वागतगर्न आफू आतुर भएको पनिउनले बताए । नेपालका बैंकहरुले हालकरिब ३ खर्ब जतिमात्रै कृषि क्षेत्रमालगानीगरिरहेको कृषिविकास बैंककाउपकार्यकारी निर्देशकबाबुकाजीथापाले बताए । नेपालको ६५ प्रतिशत जनसंख्या कृषिमानिर्भर भएको भन्दै थापाले कृषिको जिडिपीमा योगदान २५.८ प्रतिशत रहेको उल्लेख गरे । नेपालको उब्जाउजमिनको २१ प्रतिशतमात्रै उपयोगभइरहेको बताउँदै थापाले उत्पादन क्षेत्र बढाउनु पर्नेमाजोड दिए । ब्याज, अनुदानमामात्रै १३ अर्ब राज्यको खर्च भएपनिउपलब्धिकमजोर भएको उनको भनाई थियो । जसकाकारण चामल, दाल, चिनी, फलफुल, तरकारी लगायतका वस्तु ठूलो मात्रामाआयातभइरहेको उनले दृष्टान्त प्रस्तुत गरे । कृषि वस्तुमा हुने आयात घटाउन नेपालमै उत्पादन बढाउनु पर्ने थापाले बताए । त्यसैले बैंकहरुले कृषिकर्जा प्रवाह बढाउनु पर्ने उनको भनाई छ । यसकालागि कृषिविकास बैंक तयार रहेको पनिउनले प्रतिबद्धता व्यक्त गरे । कृषक र बैंकलाई जोड्ने भएकोले नै यो मेलाको बैंकले मुख्यप्रायोजन गरेको पनिउनले सुनाए । मेलाबाट कृषक र कृषि क्षेत्रका धेरै समस्या समाधानहुने पनिउनले अपेक्षा गरे ।धितोको अनिवार्यता र झण्झाटिलो प्रकृयाले कृषकहरुले कृषिकर्जा लिननसकेको नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्षखोजराज कटुवालले बताए । सीप, क्षमता र योजनाहुँदापनिधितोकै कारण कामगर्न नसकिखुम्चिनु परेको उनको भनाई छ । उनले भने, ‘धितो भएकालाई मात्रै ऋण दिँदा सीपभएकामानिस पछि परिरहेका छन् ।’ विदेशमासिकेको सीपलाई नेपालमाप्रयोग गर्दा देशको नै विकास हुने उल्लेख गर्दै उनले यसरी विदेशबाट फर्किएकालाई बैंकले थप सपोर्ट गर्नुपर्ने उनले बताए । उनले भने, ‘सीप र ज्ञान लिएर विदेशबाटफर्किएकायुवाहरु पछि परिरहेका छन् ।’ आफ्नै उदाहरण दिँदै उनले भने, ‘नेदरलैण्डको मान्छेले मलाई पत्याएर विनाधितो ऋण दिएको छ तर नेपालकै बैंकले पत्याउँदैन ।’ त्यसैले मानिसको सीप, ज्ञान, योजना, शैक्षिकतथा सरकारी कागजातधितोको रुपमा राखेर पनि बैंकहरुले कर्जा उपलब्ध गराउनु पर्ने उनले बताए । ब्याजवा साँवानतिर्ने वा लगत गर्नेलाई सरकारी तथावित्तिय सेवाबाट बञ्चितगर्न सकिने पनिउनले सुझावदिए ।मेलाको मुख्यप्रायोजक सलोम एग्रिकल्चर प्रा.लि.कानिर्देशकश्रीकृष्ण अधिकारीले बैंक र वित्तिय संस्थाकै सहयोगमाआफू कृषिउद्यमीबन्न सफलभएको बताए । पत्रकार सम्मेलनमाबोल्दै उनले आफूले इजरायलमासिकेको सीप र लिएको ज्ञानलाई नेपालमा सदुपयोग गरिरहेको सुनाए । बैंकले आफूलाई नपत्याएको भएअहिले उद्यमी र व्यवसायीबन्ननसक्ने बताउँदै सफलव्यवसायीहरुलाई बैंककै सहारा रहेको उल्लेख गरे । बैंकले ठूला उद्यमी र व्यवसायीलाई पत्याएपनि साना र ठुला कृषकहरुलाई नपत्याएको अवस्था रहेकोले अबत्यताध्यानदिनेपर्ने उनको भनाई थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here