spot_img
Thursday, May 2, 2024
Homeब्यानरएसपी बोहराले दिएको धम्कीप्रति पत्रकारको चासो

एसपी बोहराले दिएको धम्कीप्रति पत्रकारको चासो

spot_img

सेतोखरी डटकम र सद्भाव दैनिकका सम्पादक दामोदर भण्डारीलाई जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख ९एसपी० सुवासचन्द्र बोहराले धम्की दिएको घटनाप्रति बाँकेस्थित पत्रकारहरुले गम्भिर चासो र चिन्ता प्रकट गरेका छन् । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष समेत रहेका पत्रकार भण्डारीले एसपी बोहराले तस्करसँग पैसा असुल्ने गरेको समाचार प्रकाशित गरेका थिए ।

एसपी बोहराले समाचार रोक्न दिएको धम्कीपूर्ण दवावका बिषयमा बिहीबार नेपालगन्जमा पत्रकार सम्वद्ध संगठनबीच बसेको आकस्मिक बैठकले समग्र जिल्लाको सुरक्षाको जिम्मेवारी निर्वाह गर्ने पदमा रहेको व्यक्तिले प्रदर्शन गरेको व्यवहार संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधी रहेको ठहर गरेको छ ।

उक्त बैठकले यो लगायत पछिल्ला दिनमा राज्यका निकायबाट एकपछि अर्को गरी बाँकेमा पत्रकार एवं प्रेस स्वतन्त्रता माथि नियोजित तरिकाबाट प्रहार गर्ने गरी भइरहेका घटना रोक्न संयुक्त रुपमा प्रतिवादन गर्ने र निष्पक्ष एवं भयरहित तरिकाले पत्रकारिता गर्ने वातावरण निर्माणका लागि थप छलफल गरी धारणा सार्वजनिक गर्ने निष्कर्ष निकालेको छ ।

उक्त छलफलमा महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, महासंघ लुम्बिनी प्रदेश समिति उपाध्यक्ष शुक्रऋषी चौलागाई, महासंघका पूर्वकेन्द्रीय सदस्य झलक गैरे, शाखाका पूर्वअध्यक्षद्धय निरज गौतम र रुद्र सुवेदी, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस युनियनका अध्यक्ष प्रियास्मृती ढकाल, प्रेस सेन्टरका अध्यक्ष राजेश आचार्य सहित अग्रज पत्रकार एवं महासंघका पदाधिकारी एवं सदस्य सहभागी भएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here