spot_img
Monday, May 20, 2024
Homeखेलकुदएनएमए र होलिल्यान्डको जित

एनएमए र होलिल्यान्डको जित

spot_img

अन्तर स्कुल मेयर तथा उप–मेयर क्रिकेट प्रतियोगिता शनिबार देखी सुरु भएको छ । महिला तर्फको खेल नेपालगन्ज स्थित मंगलप्रसाद उच्च माविको मैदानमा सुरु भएको छ भने पुरुष तर्फको खेल कोहलपुर स्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको छ ।
महिला तर्फ पहिलो दिनको खेलमा एनएमए र होलिल्यान्डले जित हासिल गरेका छन । एनएमएले ब्राइटल्यान्डलाई १ सय ६२ रनको फराकिलो अन्तरले हरायो । चमेली चौधरीले सानदार ब्याटिङ गर्ने क्रममा अविजित रहँदै सतकको पारी खेलेपछि एनएमएले सुरुआतमा ब्याटिङ गरेर २ सय १६ रन बनाएको थियो ।
एनएमएका लागि चमेलीले १ सय १२ रन, एलिना चौधरीले २२ रन र अन्जली चौधरीले अविजित २० रन जोडिन । वुमन अफ द म्याच चमेलीले खेलमा २५ चौका प्रहार गरेकी थिइन । ब्राइटल्यान्डकी सर्मिला मगरले १ विकेट लिइन । जवाफ ब्याटिङमा १८ ओभर खेलेको ब्राइटल्यान्डले ७ विकेटको नोक्सानीमा ५४ रन मात्र बनाउन सक्यो । ब्राइटल्यान्डका लागि स्नेहा शर्माले १३ रन बाहेक अन्यले दोहोरो रन बनाउन सकेनन ।
एनएमएका लागि चमेली र एलिना चौधरीले समान ३ विकेट लिए ।
यसैगरी अर्को खेलमा होलिल्यान्डले धम्बोझीलाई ९ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको धम्बोझीले ६ विकेटको नोक्सानीमा ३४ रनमात्र बनायो ।
धम्बोझीका कुनै पनि खेलाडीले गतिलो ब्याटिङ गर्न सकेनन । यता होलिल्यान्डका लागि स्वतिका बजगाईले सर्वाधिक ५ विकेट । उनले वुमन अफ म्याचको पुरस्कार समेत पाइन । यसैगरी दिक्षा पुरीले २ विकेट लिइन । जवाफमा होलिल्यान्डले ६ ओभरमा जित हासिल गरेको थियो । टोलीका लागि रन्जु श्रेष्ठले १५ रन बनाइन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here