spot_img
Sunday, May 19, 2024
Homeब्यानरएकताको सन्देश दिदै घर–घर जाऔ,कांग्रेस जिताऔ अभियानमा कांग्रेस

एकताको सन्देश दिदै घर–घर जाऔ,कांग्रेस जिताऔ अभियानमा कांग्रेस

spot_img

पार्टिको अधिवेशनमा विभिन्न गुट समुह बनाउदै पार्टि नेतृत्वका लागि चुनावमा होमिएका काग्रेसका नेता तथा कार्यकर्ता अहिले आएर घर–घर जाऔ,कांग्रेस जिताऔ अभियानलाई एकताको सन्देशको रुपमा समेत हेरीएको पार्टीका नेता तथा कार्यकर्ताले बताएका छन । पार्टि भित्रै फरक–फरक समुहको नेतृत्वमा स्थानिय स्तर देखी केन्द्रिय महाधिवेशनमा देखीएको गुटबन्दीलाई देशभर घर–घ जाऔ,कांग्रेस जिताऔ अभियानले गुटबन्दीलाई हटाएर एकताको सन्देश प्रवाह गर्न सहयोग गर्ने आइतबार बाँकेमा आयोजना गरीएको कार्यक्रमलाई सम्बोधनका वक्ताहरुले बताए ।
दाङमा आफ्नो राजनितिक छवी बनाएका नेपाली कांग्रेसका नेता दिपक गिरीले नेपाली कांग्रेसले सुरु गरेको अभियानलाई एकताको सन्देशका रुपमा पनि लैजानु पर्ने बताए ।उनले घर–घर जाऔ,कांग्रेस जिताऔ आभियान सफल भएपछि मात्र स्थानीय निर्वाचनमा पनि सफलता प्राप्त हुने समेत बताए ।उनले भने,“हामीले यो अभियानलाई सफल बनाउन सबै वडामा कांग्रेसमय बनाउन साथीहरुलाई आग्रह गर्दछु ।यसैगरी केन्द्रिय सदस्य एव्म विशिष्ट अतिथी मैकुलाल बाल्मिकीले गठ बन्धन सरकारले गरेका राम्रा कामहरुलाई जनता सामु लैजानु पर्ने बताए । उनले पार्टिले गाउँ स्तरमा प्रशिक्षण कार्यक्रम मार्फत कार्यकर्तार्लाइ जारुक बनाउनु पर्ने बताए ।यस्तै कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले आसन्न निर्वाचनमा पार्टीले टिकट वितरण गर्दा कार्यकर्तालाई न्याय गर्ने बताए । सकभर वडामै सर्वसम्मत रुपमा उम्मेदवार तयार गर्न सक्नुपर्ने पुर्वमन्त्री समेत रहेका प्रदेश सभापति पुनको सुझाव छ ।

कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुर्वजिल्ला सभापतिद्धय गजेन्द्र हमाल र कृष्णमान श्रेष्ठ, संविधान सभा सदस्यहरु बादशाह कुर्मी, अब्दुल हमिद सिद्धिकी, आशा बिक, क्षेत्र नम्बर १ का सभापति पोषण केसी, क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ता, क्षेत्र नम्बर ३ का सभापति मोहम्मद नक्की खाँ लगायतले सम्बोधन गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here