spot_img
Thursday, May 2, 2024
Homeबजारउर्जाको विषयलाई लिएर ग्रीन हाइड्रोजन सम्बन्ध बहस

उर्जाको विषयलाई लिएर ग्रीन हाइड्रोजन सम्बन्ध बहस

spot_img

पछिल्लो समय नेपालको उर्जाको विषयलाई लिएर ग्रीन हाइड्रोजन सम्बन्धी बहस सुरु गरीएको छ ।नेपाल सरकारले ग्रीन हाइड्रोजन नीति २०८० ल्याएपछि कानुनी पाटोदेखि लगानी आकर्षणका बारेमा छलफल थालिएको हो । बुधबार इन्टभेरोमेन्ट एण्ड कल्चर भोलेन्टियर नेपालको अयोाजनामा चार वटा सत्रमा प्यानल छलफल सहित काठमाडौमा ग्रीन हाइड्रोजन सम्वाद कार्यक्रम आयोजना भएको थियो ।सम्वाद कार्यक्रमको औपचारीक कार्यक्रमलाई सम्बोधन गर्दै उर्जा,जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा ग्रीन हाइड्रोजको उत्पादनका लागि लगानी आकर्षण गर्न सरकार क्रियाशिल रहेका जनाकारी दिदै निजी क्षेत्रको सहकार्यमा मात्र मुलुकको उर्जा लगायको विकासका क्षेत्रको बृहत्तर विकास सम्भव रहेका बताए ।मन्त्री बस्नेतले छिटोभन्दा छिटो ऐन कानुन नबन्दाको बाधा फुकाउन नेपाल सरकार छलफलमा रहेको जानकारी पनि दिए । मन्त्री बस्नेतले ग्रीन हाइड्रोजनका लागि मन्त्रालयले छुटै डेस्क राखेर काम गर्ने प्रतिवद्धता जनाए । मन्त्री बस्नेतले सरकारले बनाउने अर्थतन्त्रमा ग्रीन इनर्जीलार्य प्राथमिकतामा राख्ने बताउँदै अर्थतन्त्र सृद्धढीकरणका लागि ग्रीन इनर्जी,नेपालको आवश्यकता रहेको उल्लेख गरे ।


प्रेट्रोलियम पदार्थको आयातलाई घटाउन पनि ग्रीन हाइड्रोजन विकल्पमा हुने विषयमा मन्त्री बस्नेतले जोड दिए । यसैगरी नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ग्रीन हाइड्रोजनमा निजी क्षेत्रलाई उत्साहित बनाउने सरकारको नीति रहेकाले सबैलाई सहभागी गराउँदै अघि बढ्ने योजना सुनाए । निर्देशक घिसिङले ग्रीन हाइड्रोजन उत्पादनका लागि कम पानी तर सफा चाहिने भएकाले नेपाल उत्पादनका लागि उपयुक्त स्थान रहेका बताए ।

उद्घाटन सत्रपछि पहिलो सत्रमा ग्रीन हाइड्रोजन उत्पादनका लागि ग्रीन जो इनर्जी इण्डिया लिमिटेडसँग सम्झौत ागर्दै अघि बढेको अपी हाइड्रो पावर कम्पनीका संस्थापक अध्यक्ष गुरुप्रसाद न्यौपनेले ऐन कानुनको जटिलतालाई फुकाउन सरकारको ध्यानकार्षण गराउँदै निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण बनाउन सुझाव दिए ।भारतीय कम्पनी ग्रीनजो इनर्जी इण्डिया लिमिटेडका कन्ट्री डाइरेक्टर विजेन्द्र बस्नेतले भारत नेपालको ग्रीन हाइड्रोजनमा लगानी गर्न इच्छुक रहेको भन्दै सरकारले दिने सहुलियत र कर छुटका प्रावधान प्रष्ट पार्नुपर्ने बताए ।यसैगरी काठमाडौ विश्वविद्यालयका एकेडेमिया इण्डष्ट्रीका अपरेसन संयोजक डा. राम लामाले विश्वविद्यालयले विभिन्न चरणमा अनुसन्धान अघि बढाउँदै नेपाल सरकारलाई मार्गदर्शन गर्ने काम गरिरहेको बताए । संयोजक डा.लामाले नेपाल सरकारले नीति नियम बनाएर नै ग्रीन हाइड्रोजनको विकासमा काम गर्न सुझाव दिए ।यसैगरी नेपाल विकास अनुसन्धान प्रतिष्ठानका पुर्वअध्यक्ष नवराज खतिवडाले ग्रीन हाइड्रोजन उत्पादनले पर्यावरणलाई समेत टेवा पुर्याउने बताए ।यसैगरी त्रिभुवन विश्वविद्यालयका प्राध्यापक किशोर कुमार राजभण्डारीले ग्रीन हाइड्रोजनको नकारात्मक पक्षमा पनि छलफल गनुपर्ने आवश्यकता औल्याएका थिए ।प्राध्यापक राजभण्डारीले पेट्रोलियम पदार्थको गाडीबाट उत्पादन हुने कार्वनडाइक्साइड जस्तै ग्रीन हाइड्रोजबाट पनि वाफ निस्कने भएकाले त्यसको असरबारे पनि छलफल गनुपर्ने उल्लेख गरे ।यसैगरी खुल्ला विश्वविद्यालयका डाक्टर चिरञ्जिवी भट्टराईले पनि चुनौतिका बाबजुद यसका फाइदाहरुको चर्चा गरेका थिए ।यस्तै छलफल र अन्तरक्रियाहरु आगामी दिनमा समेत हुने गरी इन्भेरोमेन्ट एण्ड कल्चर भोलेन्टिएर नेपालले प्रतिवद्धता जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here