spot_img
Monday, May 20, 2024
Homeब्यानरउइन बाँकेको नेतृत्वमा रस्तोगी

उइन बाँकेको नेतृत्वमा रस्तोगी

spot_img


महिला उद्यमी संघ,नेपाल बाँके(उइन)को अठारौ वार्षिक साधारण सभा तथा अधिवेशन बुधबार बाँकेको नेपालगञ्जमा सम्पन्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा.धवल शम्सेर राणाको प्रमुखख आतिथ्यतामा सम्पन्न सो साधारण सभा तथा अधिवेशनले महिला उद्यमी निरुपमा रस्तोगीको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिती निर्विरोध निर्वाचित भएका छन । निर्वाचनका क्रममा कुनै पनि पदमा दोहोरो उम्मेदवारी नपरेपछि महिला उद्यमी संघ,नेपाल बाँकेको नयाँ नेतृत्व चयनमा सहजता भएको प्रमुख निर्वाचन अधिकृत अधिवक्ता अमृता केसीले जानकारी दिनु भयो । उहाका अनुसार , प्रथम उपाध्यक्षमा सावित्री बस्नेत,द्धितिय उपाध्यक्षमा रेवती सिंह,तृतीय उपाध्यक्षमा आभा गौतम,महासचिवमा सुनिता पाण्डे,सचिवमा सरिता शाक्य,कोषाध्यक्षमा नितु शाह चन्द निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा शशी स्वार,शोभा श्रेष्ठ, सावित्रा शर्मा, सुशिला शाह राणा, बिन्दु चर्तिमगर,निरु चौधरी र कालि मिया निर्वारोध निर्वाचित हुनु भएको हो । वि।सं।२०६० सालमा स्थापना भएको उइन बाँकेले जिल्लाका महिला उद्यमी व्यवसायीहरुलाई आत्म निर्भर बनाई आफ्नो व्यवसाय संचालन गर्न गरी अर्थिक तथा समाजिक विकास गर्ने उद्देश्य लिई बाँकेमा कार्य गरिरहेको छ । आफ्नै वा पारिवारिक वा समुहगत लगानीमा उद्योग तथा व्यापार व्यवसाय संचालन गर्न महिलाहरुलाई प्रोत्साहित गर्नु गराउनु , स्थानिय महिलावर्गले परम्परागत वस्तुको प्रयोग आधुनिक सीप तथा प्रविधिबाट उत्पादन गरेका वस्तुहरु राष्ट्रिय, क्षेत्रीय तथा अन्तराष्ट्रिय बजारमा समेत पु¥याई नेपाल र नेपाली संस्कृति र राष्ट्रियताको पहिचान गराउन मद्दत गर्ने ,आफ्नो जिल्लाको विभिन्न भागमा छरिएर रहेका उद्यमी महिलाहरुलाई समन्वयात्मक ढंगबाट समुहमा एकबद्ध गरि एकै परिवेशमा समेटेर आिर्थक सशक्तिकरण गर्न गराउन आफ्नै संस्थामा समाहित गर्नु गराउनु लगायतका ११ ओटा उद्देश्यहरु राखी स्थापना गरिएको महिला उद्यमी संघ, नेपाल बाँकेका संस्थापक सदस्य, एफउइन महिला उद्यमी महासंघ नेपालका केन्द्रीय सदस्य तथा लुम्बीनी प्रदेशका संयोजक सरस्वती शर्मा पराजुलीले जानकारी दिनुभयो । हाल उइन बाँकेमा ६५ महिला उद्यमीहरु आबद्ध रहेका छन् । आज सम्पन्ने अठारौं अधिवेसन तथा वार्षिक साधारण सभामा महिला उद्यमीको क्षेत्रमा योगदान पुर्याएको भन्दै नेपालगन्ज उप महानगरपालिकाका प्रमुख राणा र सामाजिक विकास शाखा प्रमुख शोभा शाहलाई सम्मान समेत गरेको छ । कार्यक्रममा नेपालगन्ज नेपालगन्ज उद्योग वाणिज्य संघ,राजस्व कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय,पत्रकार लगायतको सहभागीता रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here