spot_img
Thursday, May 9, 2024
Homeकला/साहित्यआज बुधबार ज्योती मगरले नेपालगन्ज तताउने

आज बुधबार ज्योती मगरले नेपालगन्ज तताउने

spot_img

नेपालगन्जको वाटरपार्कमा मङ्गलबारदेखि सुरु भएको सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवको दोस्रो दिन आज बुधबार ज्योती मगरको बेजोड प्रस्तुती रहनेछ ।
मेहनत सृजना उत्पादन र बस्तुः मेरै नेपालको भन्ने मूल नाराका साथ सञ्चालित महोत्सवको दोस्रो दिन गायिका ज्योती मगरले आफ्नो प्रस्तुती राख्ने आयोजक महासंघका प्रचारप्रसार संयोजक इन्द्रबहादुर खत्रीले जानकारी दिए।
ज्याती मगरका साथ दोस्रो दिन गायक कमल विसी ‘माल्दाई’ र सपना शाहीको प्रस्तुती रहनेछ । भने पुरुषोत्तम सापकोटा र रुपा घर्तीमगरको जोडीले उक्त कार्यक्रमको सञ्चालन गर्नेछन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति९महिला उद्यमी समिति० बाँकेको आयोजना, महासंघ नेपालगन्ज नगरसमितिको सहआयोजक रहेको महोत्सवलाई मुख्य प्रायोजक होटल बाटिका, प्रायोजक नेपाल टेलिकम र संरक्षकमा नेपालगन्ज उपमहानगरपालिका रहेकोछ ।
चैत १८ गतेसम्म सञ्चालन हुने महोत्सवका समयमा होली पर्ने भएकाले चैत १२ गते होली उत्सव कार्यक्रम राखिएको छ । होली उत्सवका दिन नेपाली सिने जगतका ख्याती प्राप्त कलाकार पल शाहलाई आमन्त्रण गरिएको छ ।
यसअघि हिजो लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णा केसी ‘नमूना’ले महोत्सवको औपचारिक उद्धाटन गरेकी हुन।
महोत्सव उद्घाटनअघि सेतु विक चोकबाट निस्किएको विभिन्न बाजागाजा तथा लोकसंस्कृति झल्किे झाँकीसहितको ¥यालीले नगर परिक्रमा गरि वाटरपार्कमा पुगेको थियो ।
महासंघ, बाँकेका अध्यक्ष मधुकुमारी खड्काका अनुसार महोत्सवमा १७५ स्टल बुक भइसकेका छन् । जसमध्ये व्यवसायिकका ९०, घरेलुका ५०, प्रायोजकका ८, थारु गाउँका १२ र होटल सम्बन्धि १५ स्टल रहेका छन् । महोत्सव अवलोकनका लागि टिकटको मूल्य रु १०० राखिएको छ । विद्यार्थीहरुका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
तराई क्षेत्रमा गर्मी बढ्न थालेको अवस्थालाई ध्यानमा राखेर महोत्सव साँझ ८ बजेसम्म सञ्चालन हुने जनाइएको छ । महोत्सवमा रु दुई करोड बढीको कारोबार तथा दुई लाख बढी दर्शक अवलोकन गर्न आउने अपेक्षा गरिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here