spot_img
Thursday, May 9, 2024
Homeखेलकुदअष्ट्रेलियाले जित्यो विश्वकप क्रिकेटको उपाधि

अष्ट्रेलियाले जित्यो विश्वकप क्रिकेटको उपाधि

spot_img

अष्ट्रेलियाले १३औं विश्वकप क्रिकेट उपाधि जित्दै ६ पटक विश्वकप जित्ने राष्ट्र बनेको छ। आज भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको फाइनलमा भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधि जितेको हो ।
यो सँगै विश्वकपको सर्वाधिक सफल अष्ट्रेलियाले विश्वकपमा छैटौँ उपाधि जितेको छ । भारत भने घरेलु मैदानमा फाइनलमा निरीह देखिँदै पराजित भएको हो । भारत फाइनलअघिका सबै खेल जितेर अपराजित रहेको थियो । फाइनलमा २४१ रनको मध्यम चुनौती अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । ७ ओभरमा ४७ रन जोड्दा ३ विकेट गुमाएको अष्ट्रेलियालाई ट्राभिस हेड र मार्नस लाबुस्चांगेले चौथो विकेटका लागि गरेको १९२ रनको उत्कृष्ट साझेदारीले जित दिलाएको हो । हेडले शानदार शतक तथा लाबुस्चांगेले अर्धशतक बनाए । हेड विश्वकपको फाइनलमा शतक बनाउने दोस्रो अष्ट्रेलियाली खेलाडी हुन् । यसअघि सन् २००३ को विश्वकपमा रिक्की पोन्टिङले शतक बनाएका थिए । हेडले १२० बलमा १३७ रन बनाए । त्यस्तै लाबुस्चांगेले अविजित रहँदै ५८ रन बनाए । यसअघि डेभिड वार्नर ७, मिचेल मार्श १५ तथा स्टेभेन स्मिथ ४ रन बनाएर आउट भएका थिए । जसप्रित बुमराहले २ तथा मोहम्मद शमी र मोहम्मद सिराजले १–१ विकेट लिए । शमीले यो विश्वकपमा २४ विकेट लिएर कीर्तिमान रचेको भए पनि टिमलाई उपाधि भने जिताउन सकेनन् । लिग चरणमा भारतले अष्ट्रेलियालाई १९९ रनमै अलआउट गरेर ६ विकेटले जितेको थियो । यसअघि अहमदाबादस्थित विश्वकै सबैभन्दा ठूलो क्रिकेट स्टेडियम नरेन्द्र मोदी स्टेडियममा टस हारेर भारतले पहिले ब्याटिङ गर्दै सबै विकेट गुमाएर ५० ओभरमा २४० रन बनायो ।भारतका लागि केएल राहुलले ६६, विराट कोहलीले ५४ तथा रोहित शर्माले ४७ रन बनाए । सूर्यकुमार यादवले १८ रन बनाए । त्यस्तै कुलदीप यादवले १० रन जोडे । त्यसबाहेक कसैले पनि दोहोरो स्कोर बनाउन सकेनन् । भारत पहिलो पटक यो विश्वकपमा अलआउट भएको हो । अष्ट्रेलियाका लागि मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए । जोश हज्लेवुड र पाट कमिन्सले समान २–२ विकेट लिए । अष्ट्रेलियाले यो खेलमा निकै राम्रो फिल्डिङ गरेसँगै कम्तीमा ५० रन जोगाउन सफल भएको थियो । भारतले भने खराव फिल्डिङ गरेको थियो । दुई पटकको च्याम्पियन भारतले सेमिफाइनलमा न्यूजिल्याण्डलाई ७० रनले तथा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई ३ विकेटले हराएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here