spot_img
Saturday, May 18, 2024
Homeब्यानरअवैध लागूऔषध सहित विभिन्न स्थानबाट ७ पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ७ पक्राउ

spot_img


सुनसरी जिल्ला ईटहरी उपमहानगरपालिका–४ बस्ने २७ वर्षीय दिपेन्द्र राई र उनकै श्रीमती २५ वर्षीया शर्मीला राईलाई करिब २१ किलो अवैध लागूऔषध गाँजा सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईटहरीबाट बिराटनगरतर्फ जाँदै गरेको प्रदेश १.०२.०४३ प ८८०४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय ईटहरी र प्रहरी चौकी खनारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।यसैगरी मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका–५ पुष्पलाल पार्कबाट करिब २ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित सोही उपमहानगरपालिका–१४ मुरढाप बस्ने २० वर्षीय सरोज डंगोल समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको थियो। उक्त पार्क नजिक लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।यसैगरी दाङ जिल्ला लमही नगरपालिका–९ शिव खोलास्थित पूर्वपश्चिम राजमार्गबाट करिब ११ ग्राम अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका४ शान्तिनगर बस्ने २३ वर्षीय विकास रोका र सोही ठाउँस्थित अर्नवा बस्ने २० वर्षीय सुनिल श्रेष्ठ रहेका छन् । नेपालगंजबाट लमहीतर्फ जाँदै गरेका रा.३ प ३५१९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here