spot_img
Sunday, May 19, 2024
Homeब्यानरअब्दुलले धर्म पत्नीको स्मृतिमा गरे सहयोग

अब्दुलले धर्म पत्नीको स्मृतिमा गरे सहयोग

spot_img

दाङ– अब्दुल हमिद खानले धर्म पत्नी जरिन खानको स्मृतिमा असहाय, अशक्तलाई सहयोग गरेका छन् । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान दाङ शाखाको समन्वयमा प्रतिष्ठानका आजीवन सदस्य समेत रहेका खानले सडकपेटीमा छट्पटाइरहेका असहाय,अशक्त , शारीरिक तथा मानसिक रोगी र परिवारबाट बेसहारा भएका वृद्धहरुलाई सहयोग गरेका हुन् । खानले तुलसीपुरस्थित मानवसेवा आश्रममा आश्रय लिइरहेका २ जना सुत्केरी महिलासहित २७ जना पोषणयुक्त खाना, फलफूल तथा ३१ जोडी चप्पल र ३र४ महिनाका २ जना शिशुलाई शेरलेक्स सहयोग गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका लुम्बिनी प्रदेश संयोजक बिनोद श्रेष्ठ, बिशिष्ठ अतिथि शाखाका कानुनी सल्लाहकार अधिवक्ता मोहन धिताल मानव सेवा आश्रमका जिल्ला संयोजक उर्बिन सापकोटा , दाङ शाखा उपसभापति सन्तोष गुप्ता एवम् कोषाध्यक्ष निरजश्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here