spot_img
Thursday, May 9, 2024
Homeबजारअपोलो जोड्दै नेपालगंज मेडिकल कलेज

अपोलो जोड्दै नेपालगंज मेडिकल कलेज

spot_img

विगत लामो समय देखि स्वास्थ्य क्षेत्रमा योगदान दिदै आएको नेपालगंज मेडिकल कलेज बाँकेले भारतको अपोलो अस्पतालसँग आफुलाई जोडेको छ । शनिबार एक कार्यक्रमका विच लखनउमा रहेको अपोलको अस्पताल र नेपालगंज मेडिकल विच स्वास्थ र मेडिकल शिक्षामा समन्वयन सहित जोडिएको हो ।
स्वास्थ्य सेवामा थप प्रभावकारी सेवा प्रदान गर्ने उदेश्यले मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंज र भारतको लखनउमा रहेको अपोलो मेडिक्स अस्पताल बीच सहकार्य गरी नेपालगंजमा केहि निःशुल्क उपचार सेवा,विभागीय विषयका सेमिनार तथा कार्यरत कर्मचारीसँग अन्र्तक्रिया लगायतका विषयमा गुणस्तरीय सेवा प्रदान गर्ने अस्पतालका संस्थपक तथा प्रबन्ध निर्देशक डा. सुरेश कुमार कनोडियाले बताए । प्रमुख डा.कनोडियाले भने,मेडिकल कलेजको स्थापना स्वाथ्यमा सेवा दिनका लागि हो ,अहिले विरामीहरुले गरेको खर्चका आधारमा गुणस्तरीय सेवा दिनु पर्ने हुन्छ,लखनउ पश्चिम क्षेत्रको नजिकको स्वास्थ्य उपचार गर्ने स्थान हो,अतः नेपालगंज मेडिकल कलेजसँगको समन्वयमा केही निःशुल्क र छुट गरी उपचार हुने व्यवस्था मिलाएका छौ ,
यसैगरी नेपालगंज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालले प्रदान गरेको स्वास्थ्य सेवामा अपोलो अस्पातालको साथ सहयोग रहेमा अझै थप सेवासँग भरपद्रो उपचार पाउने विषयमा विश्वास भएको बताउँदै नेपालका विरामीहरुको आर्थिक अवस्थाका आधारमा भारतीय अस्पतालहरुले छुट तथा निःशुल्क सेवा प्रदान गर्नु पर्ने बताए ।
यसैगरी लखनउ अपोली मेडिक्सका प्रबन्ध निर्देशक डा.मयंक सोमानीले मेडिकल कलेजसँगको सहकार्यलाई निकै हर्षका साथ लिएको बताउँदै अपोलोमा कार्यरत डाक्टरहरुले हरेक विरामीलाई राम्रोे उपचार गर्ने गरेको हुदाँ यसको फाईदा नेपालीहरुले समेत लिन सक्ने बताए ।


यसैगरी मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजका उपनिर्देशक डा.नितेस कनोडियाले अस्पतालले पहिला देखि नै गुणस्तरीय सेवा दिदै आएको भएता पनि अपोलो अस्पतालसँगको सहकार्यले थप सेवा विस्तार हुने बताए । नेपालगंज मेडिकल कलेज र अपोलो ओ.पी.डि.का लाभहरुमा बिरामीहरुले निःशुल्क सुपरस्पेशालिटी परामर्श,उपचारको सेवा आफ्रनै शहरमा पाउने लगायतका सुविधाहरु पउने छन भने नेपालगंज मेडिकल कलेजबाट लखनउमा अपोलोमा रेफर भएका विरामीहरुले पहिलो फलोअप निःशुल्क हुने,दोस्रो फलोअपबाट बिरामीले ओ.पि.डि.चार्जमा २० प्रतिशत छुट पाउने,बिरामीले अपोलो अस्पतालमा हुने ओ.पि.डि. पर्चामा ल्याव र रेडियोलोजी परिक्षणमा २० प्रतिशत छुट पाउने,बिरामी भर्ना हुनु परेमा अपोलोमा हुने ल्याब र रेडियोलोजी परिक्षण, आई.पि.डि बिल र अन्य प्रक्रियामा १० प्रतिशत छुट पाउने समेत व्यवस्था गरीएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here