spot_img
Saturday, July 27, 2024
Homeब्यानरस्थानिय तहको निर्वाचन शान्तिपुण सम्पन्न भएको निचोड

स्थानिय तहको निर्वाचन शान्तिपुण सम्पन्न भएको निचोड

spot_img

हालै सम्पन्न स्थानीय तहको निर्वाचन शान्तिपूर्ण र भयरहितरुपमा सम्पन्न भएको नेपालगन्जमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छ्न । उनीहरुले निर्वाचनलाई मर्यादित, शान्तिपूर्ण र भयरहित बाताबरणमा सम्पन्न गर्न सबै राजनीतिक दल तथा आम नागरिकको भुमिका महत्त्वपूर्ण हुने बताए । सम्पन्न स्थानीय तह सदस्य निर्वाचन–२०७९ मा मानव अधिकारका सवालहरु, सकारात्मक पक्ष, आइपरेका समस्या तथा चुनौतीहरु र आगामी निर्वाचनमा सुधार गर्नुपर्ने बिषयहरु सम्बन्धि अन्तरक्रिया उनीहरुले सुरक्षित तरिकाले मतदान गर्ने बाताबरण निर्माण हुन नसकेकोमा चिन्ता समेत व्यक्त गरेका थिए । अन्तरक्रियामा जिल्ला अदालतका मुख्य न्यायाधीश खडानन्द तिवारीले हालै सम्पन्न निर्वाचनका चुनौती, सुधार गर्नु पर्ने बिषय, आगामी निर्वाचनमा गर्नु पर्ने कामका बारेमा कार्यापत्र प्रस्तुत गरेका थिए। तिवारीको प्रस्तुतिमा मतदान केन्द्रलाई सुधार गर्नु पर्ने देखिएको छ। मतदान केन्द्र सांघुरा भएका कारण मतदान गर्न आउने मतदातालाई सकस हुने उल्लेख छ । उनले निर्वाचनका बेला आउने कतिपय समस्या सम्बोधन गर्नै गार्‍हो रहेको बताए ।बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले निर्वाचनलाई शान्तिपूर्ण बनाउन निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयनमा जोड दिए। उनले मौन अवधिमा राजनीतिक दलहरुले गर्ने अस्वभनिय गतिविधि रोक्नु पर्ने बर्र्ताए । त्यसमा राजनीतिक दलकै भुमिका महत्त्वपूर्ण हुने बताए ।
जिल्ला न्यायाधीबक्ता बासुदेव शर्माले मतदानस्थलको सुधार आबश्यक रहेको बताए। हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा आफु खटिएको जानकी गाउँपालिकामा रहेका मतदानस्थलहरुको उदाहरण दिदै उनलेयस्तो सुधारको माग गरे। जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसूदन न्यौपानेले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित बनाउन सुरुक्षाकर्मीले एक्लै सम्भव नभएकाले सबैको सहयोग र समन्वय जरुरी रहेको बताए।हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा तेस्रो तथा समलिङ्गीहरुले मतदान गर्न नपाएको गुनासो सुनाए । नागरिकता नपाएकै कारण तेस्रो तथा समलिङ्गीहरु मतदानबाट बंचित हुनु परेको उनीहरुको भनाइ थियो । यस्तै मतदान केन्द्रहरु अपाङ्गतामैत्री नभएको पनि गुनासो उठेको थियो । निर्वाचनमा खटिने कर्मचारीका समस्या देखि मतदाताले झेल्नु परेका व्यबधानबारे कार्यक्रममा छलफल भएको थियो ।मानव अधिकार आयोगका प्रमुख झंकर रावलको सभापतित्वमा भएको कार्यक्रममा अधिबक्ता प्रलाहद बहादुर कार्की, पदम पाण्डे, अपांगता अधिकारकर्मी भाबुकजंग थापा र भोलानाथ त्रिपाठी, महिला अधिकारकर्मी कमला पन्त र मैमुना सिद्दिकी, दलित अधिकारकर्मी निर्मला सुनार, समलिङ्गी तथा तेस्रो लिङ्गी अधिकारकर्मी परिना चौधरी लगायतले आ–आफ्नो धारणा राखेका थिए। राष्ट्रिय मानव अधिकार नेपालगन्जको आयोजना तथा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोग, आम निर्वाचन पर्यवेक्षण समितिको समन्वय र सहकार्यमा अन्तरक्रिया गरिएको हो।कार्यक्रमको सहजीकरण राष्ट्रिय मानवअधिकार आयोग नेपालगंज प्रतिनिधि द्धारीकादेवी अधिकारले गरेको आयोजकले जनाकारी दिएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here