जिल्ला साहु समाज बाँके तथा साहु समाज युवा समितिको संयुक्त सहकार्यमा शनिबार होलि मिलन विशेष कार्यक्रम सम्मान सहित सम्पन्न गरेको छ ।साहु समाजका सभापति हंसराज शाहुको सभापतित्वमा सम्पन्न होली मिलन कार्यक्रममा होली उत्सवका बारेमा समाजमा पर्ने सांस्कृतिका प्रभाव र परम्परागत संस्कार र आदर्श समाज बनाई राख्ने सत्मार्ग रंगको माध्यमबाट सत्यको बाटो पहिल्याउँदै रिसराग,द्धेष,झुठ,अहंकारबाट टाढा हुदै एक अर्कामा आत्मियता प्रेम बढाउने पर्व उत्सव उत्साहका साथ मनाउँदै आएको होलीको शुभकामना मन्तव्य दिने वक्ताहरुले राखेका थिए ।नेपालगंज उपमहानगरपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष कैयुफुल वरा,लुम्बिनी प्रदेश औषधि व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष अभय कुमार बस्नेत लगायतले होलीको शुभकामना सम्बोधन गरेका थिए । कार्यक्रममा नेपाल प्रेस युनियन बाँकेका पुर्व अध्यक्ष तथा सामाजसेवी कुल्तलराज शर्मा,लुम्बिनी प्रदेश खेलकुद समितिका सदस्य तथा पत्रकार नरेन्द्र थापा,नगर स्तरीय सामुदायिक मेलमिलाप समिति नेपालगंज उपमहानगरपालिका सचिव तथा पत्रकार मधु पौडेल,पत्रकार पवन जैसवाल,साहु समाजका जिल्ला उपाध्यक्ष विमल साहु,साहु समाज युवा संघका अध्यक्ष रामकिशन साहु,सह–सचिव प्रहलाद साहु,साहु समाजमा आबद्ध सममुखिया साहु,मनोज साह,पिन्टु साहु र समाज सेवि कान्ति शर्मा,पे्रमा शाही लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस संसदीय क्षेत्र २ का सचिव तथा साहु समाजका सचिव प्रदिप साहले गरेका थिए । होली मिलन कार्यक्रमका संयोजक बृजलाल साहुले स्वागत गरेको थिए ।

साहु समाज समितिले विगतका वर्षहरुमा समाजमा प्रत्यक्ष सरोकारको विषयमा रचनात्मक कार्यहरु गर्दै आएको साहु समाजले बताएको छ । समाजका अनुसार कोरोनाकालामा प्रहरीहरुलाई मास्क,पानी,चाउचाउँ बितरण,अन्जनी माँता रसोईलाई पानी र खाना सामाग्री सहयोग,बृहत रक्तदान कार्यक्रम,नव दुर्गा विशेष पुजा र चाडपर्वहरुमा भण्डाारा,हडियबाबा मेलामा साधुसन्तलाई फलफुल वितरण,विपन्न साहु परिवारलाई कोरानाका बेला खाद्यान्न लगायतका“आर्थिक सामाजिक”सहयोग गर्दै आएको छ ।