spot_img
Saturday, July 27, 2024
Homeब्यानरसवारी दुर्घटनामा परी २ जनाको मृत्यु

सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

spot_img

काठमाडौं –काठमाडौं महानगरपालिका–११ भद्रकाली मन्दिर अगाडि सडकमा बा.९ प ३३०९ नम्बरको मोटरसाइकल बा.४ ख ६९६६ नम्बरको बसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार ओखलढुङगा सिद्दीचरण नगरपालिका–४ घर भई काठमाडौं पुरानो बानेश्वर बस्ने ६३ वर्षीया शारदा गुरुङको मृत्यु भएको छ । बसलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई बसमा ठोक्किएर भएको दुर्घटनामा गम्भीर घाइते भएकी शारदाको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक उनकै श्रीमानको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसै गरी कालिकोट जिल्ला शुभकालिका गाउँपालिका–४ राराकाटियास्थित सडकमा भे.१ च १२६० नम्बरको बलेको जिपको ठक्करबाट सोही गाउँपालिका–५ अधिकारीवाडा बस्ने नैनसिङ टमाटाको छोरा १५ वर्षीय सुनिल टमाटाको बिहीबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । हाल फरार रहेका जिपका चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here