spot_img
Saturday, July 27, 2024
Homeब्यानरसक्षम र सुढृड काँग्रेस बनाउन मेरो उम्मेद्धारी ः पुष्पराज शर्मा

सक्षम र सुढृड काँग्रेस बनाउन मेरो उम्मेद्धारी ः पुष्पराज शर्मा

spot_img

नेपाली काँग्रेस अछामका जिल्ला कार्यसमिति अछामका सदस्य एबम् तुर्माखाँद गाउँपालिका अध्यक्ष पुष्पराज शर्माले अछाम क्षेत्र नः २ को क्षेत्रिय सभापति पदका लागी आफ्नो उम्मेद्धारी घोषणा गर्नुभएको छ ।मंगलसेन नगरपालिका वडा नं.६ ठुलासैनमा पत्रकार सम्मेलनको आयोजना गरी शर्माले काँग्रेसको १४ औँ महाधिबेशनमा क्षेत्रिय सभापतिका लागी आफ्नो उम्मेद्धारी रहको घोषणा गर्नुभएको हो । नेपाली काँग्रेस लाई बिधि र बिधान संगै अगाडी बढाउँदै सुढृड र सक्षम काँग्रेस बनाउन आफ्नो उम्मेद्धारी रहेको शर्माले पत्रकार सम्मेलनमा बताउनुभएको छ ।१२ औँ महाधिबेशन देखि क्षेत्रिय सभापति पदमा पराजित हुँदै आएका शर्माले १४ औँ महाधिबेसनमा पनि आफ्नो उम्मेद्धारी दिनुभएको हो । सोहि पदमा २ पटक पराजित हुँदापनि शर्माले तेस्रोपटक पनि उम्मेद्धारी घोषणा गरेको बताउनुभयो । बिद्यार्थि जीवनकाल देखि नै काँग्रेसको राजनितिमा सक्रिय रहेका शर्माले २०७४ सालको स्थानिय तहको निर्बाचनमा तुर्माखाँद गाउँपालिकाको अध्यक्ष पदमा बिजयी हाँसिल गर्नुभएको थियो ।पछिल्लो समय नेपाली काँग्रेस बिधि र बिधान बिपरीत जाँदै गरेको प्रति संकेत गर्दै उहाँले पार्टिमा गुटबन्दी हुन नदिने गरी काँग्रेसलाई अघि बढाउने आफ्नो योजना रहेको शर्माले बताए । पार्टिभित्र आफ्नो कुनै ठुलो माग नरहेको भन्दै उनले आफ्नो राजनितिक यात्रा जहाँनिर रोकिएको छ,त्यसैबाट फेरी सुरुवात मात्र गर्न खोजेको बताउनुभयो ।पार्टिभित्र यूवाहरु नेतृत्वमा आउनुपर्ने कार्यक्रताको माग अनुसार नै यसपटक पनि आफ्नो उम्मेद्धारी घोषणा भएको शर्माले बताउनुभयो । आफु सभापति पदमा बिजयि भएको खण्डमा यूवाहरुकै चाहाना बमोजिम पार्टिभित्र काम गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।पार्टिको उच्च तहमा जाने आफुले चाहाना नराखेको बताउँदै उहाँले नेपाली काँग्रेसको पार्टि संरचनालाई क्षेत्रिय स्तरबाटै सुडृढ गर्न चाहेको बताउनुभएको हो । पार्टिभित्र योगदान गरेका कार्यक्रताको मुल्याँकन गर्दै उनिहरुलाई उचित स्थान दिने आफ्नो योजना रहेको शर्माले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो । अछाम जिल्लामा नेपाली काँग्रेसलाई बिधि र बिधान अनुसार नै चलाएमान गराउनका लागी आफुले काम गर्ने उहाँको भनाई छ ।१२ औ महाधिवेशनमा ३ मतले क्षेत्रीय सभापतिमा पराजित भएका शर्माले १३ औ महाधिवेशनमा क्षेत्रीय सभापतिमा पुन उम्मेद्धारी दिएर मत बराबरी हुदा गोला प्रथा बाट समेत पराजित हुन पुग्नुभयो ।पार्टिबाट धेरै ठुलो अपेक्षा नगरेको बताएका शर्माले पार्टिभित्र राजनितिक सँस्कार बसाल्नका लागी नै फेरी पनि उम्मेद्धारी रहेको स्पस्ट पार्नुभयो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here