spot_img
Saturday, July 27, 2024
Homeब्यानरसंरक्षणको पर्खाइमा बाँकेको “मरिमाता” मन्दिर

संरक्षणको पर्खाइमा बाँकेको “मरिमाता” मन्दिर

spot_img

बाँके जिल्ला कोहलपुर नगरपालिका वडा नं ७ मा रहेको लखना मरिमाता मन्दिर संरक्षणको पर्खाइमा रहेको पाइएको छ । निकै लामो इतिहास बोकेको यस मन्दिरमा नेपाल भित्रबाट मात्रै नभएर भारतका विभिन्न शहरहरुबाट पनि भक्तजनहरु आउने गरेको स्थानियहरु बताउँछन ।करीव दुई कठ्ठाको क्षेत्रफल रहेता पनि मन्दिर परिसरमा सानो क्षेत्रफलको देवालय रहेको छ । विषेश गरी थारु बंशका पुजाराहरु हुने मन्दिरमा सन्तान प्राप्तको बरदानका लागि आउने गरेको पनि स्थानियहरु बताउँछन ।स्थानिय जनप्रतिनिधिहरुले पनि मंन्दिरको संरक्षण गर्ने कुरामा सकारात्मक देखिएको बताइएता पनि त्यसो भएको देखिदैन । धार्मिक क्षेत्रहरुको संरक्षण र सर्वद्धन गर्नु स्थानिय सरकारको दायित्व र कतव्र्य भएको बाँके जिल्ला डुडुवा गाउँपालिका प्रमुख नरेन्द्र बहादुर चौधरीले बताए । यसैगरी कोहलपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष दिपक जंग शाहले मन्दिरको क्षेत्र अलि धेरै भएको हुदाँ मन्दिर मै धर्मशालाको रुपमा विकास गर्ने योजना रहेको बताए । सामाजिक विकास मार्फत सबै धर्म तथा आस्थाका विषयलाई सम्बोधन गर्न स्थानिय तह अझै पछाडि परेको भन्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्षमण राज पौडेल बताउँछन ।अध्यक्ष पौडेलले भने,“सबै धर्मका आस्थाहरुको स्थानिय तहबाट सम्बोधन हुनु पर्दछ,धार्मिक,इतिहासिक क्षेत्रहरुको प्रसारप्रसारणमा स्थानिय तहले चासो दिनु पर्दछ,” । मुख्य गरी मरिमाताको सामु राखेका मागहरु (भाकल) पुरा हुने हुदाँ मन्दिरको अझै विषेश महत्व रहेको स्थानिय फुलाराम थारु जनाउँछन ।करिब १६६८ वर्ष पुरानो मरिमाता मन्दिर २०४६ सालमा रामेश्वरप्रसाद निगमले जिर्णोदार गरेका हुन ।पछिल्लो समय मरिमाताको मन्दिरको संरक्षणको लागि प्रयासहरु गरी रहेको स्थानियहरु बताउँछन ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here