spot_img
Wednesday, October 16, 2024
Homeब्यानरसंघीयता कार्यान्वयनमा स्थानीय तह ः पहिलो कार्यकाल सिकाई

संघीयता कार्यान्वयनमा स्थानीय तह ः पहिलो कार्यकाल सिकाई

spot_img


संघीयतामा प्रवेश गरेसंगै भएको स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पहिलो कार्यकाल उपलब्धमुलक हुनुका साथै सिकाईको कार्यकाल भएको सम्बद्धहरुले औल्याएका छन् । स्थानीय तहमा संघीयता कार्यान्वयन सम्बन्धी अनुभव आदान प्रदान कार्यक्रममा सो कुरा औल्याइएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शनिवार बाँकेको खजुरामा आयोजित कार्यक्रममा ५ वर्षे कार्यकालमा स्थानीय तहमा उपलब्धीमुलक काम भएको बताइएको छ । यद्यपी उपलब्धीसंगै अभिलेखिकरण र पेश्की तथा बेरुजुको समस्याहरु प्रयाः सबै स्थानीय तहको समस्या रहेको मन्त्रालयका उपसचिव तुलसीराम अर्यालले बताए । कार्यक्रममा खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले संघीयता कार्यान्वयनमा नेपाल नमूना भएको बताउँदै पूर्वाधारको काम राम्रो भएको उल्लेख गरे । उनले तीन तहको सरकारवीच विश्वासको कमी हुँदा कतिपय कुरामा समस्या आउने गरे पनि आफ्नो जिम्मेवारी मात्र पूरा गरे उद्देश्य पूरा हुने बताए । ५ वर्ष सिकाइको कार्यकाल रहेको औल्याउँदै सिक्दै कार्यान्वयन गर्दै आगामी नेतृत्वको लागि सबै आधार तय गरेको अध्यक्ष कक्षपतिले बताए । गौरवको योजना बोक्नेमा खजुरा अगाडि भएको उल्लेख गर्दै अध्यक्ष कक्षपतिले १५ देखि २० वर्षमा समृद्ध खजुरा बन्ने बताए । खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले देखिएको समस्याको निदान गर्न सबै लाग्नु पर्ने बताइन । उपाध्यक्ष विकले विवेद मन्त्रालयबाट हटाउनु पर्ने भन्दै विषयगत समिति र शाखा वीचको समन्वय दरिलो पारिनु पर्ने अनुभव सुनाइन । विधिमा चल्ने हो धकेलेर चल्दैन भन्दै उनले परम्परागत शैलीले समस्या आएको उल्लेख गरिन । मन्त्रालयका शाखा अधिकृत केशवराज पार्धेले अनुभव सिकाइका लागि कार्मचारी र जनप्रतिनिधि एकै ठाउँ राखेर ५ वर्षे कामको सुझाव लिई नीति र नमूना कानून बनाउँदा यसको महत्वपूर्ण भूमिका हुने बताए । कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसी, वडाध्यक्षहरु देवीलाल खनाल, कान्तुराम गौतम, देवेन्द्रमान श्रेष्ठ, कार्यपालिका सदस्य निशार अलि दर्जी, भागीरथ सुनार, लेखा अधिकृत प्रदीप सुनार, शाखा प्रमुखहरु दिलबहादुर पौडेल, सुदीप पौडेल, पुनम पोख्रेल, प्रतिक्षा न्यौपाने, सचिव सुरेश खड्काले आफ्नो अनुभव सुनाएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here