spot_img
Friday, July 26, 2024
Homeब्यानरशिक्षामा आकर्षण गराउँदै नेपालगंज–१२ ,विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

शिक्षामा आकर्षण गराउँदै नेपालगंज–१२ ,विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

spot_img

बाँके नेपालगंज उपमहानगरपालिका वडा नं.१२मा शैक्षिक विकासका लागि शैक्षिक सामग्री वितरण गरीएको छ ।विचमा विद्यालय छोड्ने तथा भर्ना हुन समेत नआउने समस्याको समाधानका लागि श्री बागेश्वरी आधारभुत विद्यालयमा अध्यायन गर्ने करिब दुई सय विद्यार्थीहरुलाई शैक्षिक सामाग्री विहिबार वितरण गरीएको हो ।वडा नं.१२ का वडाअध्यक्ष तरुण वज्राचार्यको प्रमुख आतिथ्यमा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रमको आयोजना सामाजिक विकास मञ्च–बाँकेले गरेको थियो । स्थानिय जनप्रतिनिधिको उपस्थितिमा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं वडाका वडा अध्यक्ष वज्राचार्यले वडाले शिक्षालाई प्राथमिकतामा राख्दै आएकोमा शिक्षामा टेवा पुग्ने प्रकारका कार्यक्रमहरु वडामा गरीनु पर्ने बताए ।विशिष्ट अथितिका रुपमा रहेका कार्यपालीका सदस्य विक्रम चिडिमार,वडा नम्बर १२ का वडा सदस्य राजकुमार बाल्मिकी,चन्दा चिडिमार,शुशिला पन्त,स्थानिय अगुवा तथा बुद्धिजीवी अजित कुमार शर्मा,श्री बागेश्वरी आधारभुत विद्यालय बेलासपुर विद्यालय व्यवस्थापन समिति अध्यक्ष मिना वर्मा,सामाजिक विकास मञ्चका बृजेश ठाकुर,पुजा बर्मा लगायतको उपस्थिति रहेको थियो ।
विद्यालयका प्रध्यानध्यापक सरिता खड्काको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण वडा न.१२ कार्मचारी दिपा कुमारी उपाध्यायबाट भएको हो । वितरण गरीएको शैक्षिक सामाग्री अहिलेलाई बागेश्वरी आधारभुतमा पढ्ने विद्यार्थीलाई कपी कलम लगायतका सामाग्री वितरण गरीएकोमा आगामी दिनमा अन्य विद्यालयमा समेत वितरण गरीने सामाजिक विकास मञ्चका वृजेश ठाकुरले जानकारी दिएका छन ।
फोटो फिचिर

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here