बाँके जिल्ला नेपालगंज उपमहानगरपालिका स्तरीय गठन भएको समाजिक मेलमिलाप कर्ता समितिको वैठक आइतबार विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । समितिका संयोजक शिव कुमार वर्माको संयोजकत्वमा सम्पन्न वैठकले नेपालगंज उपमहानगरपालिका अन्र्तगत २३ ओटै वडाहरुमा मेलमिलाप केन्द्र स्थापना ,मेलमिलाप कर्ताहरुको क्षमता अभिवृद्धिका लागि पुर्नताजगी तालिम लगायतका विषयमा निर्णय भएको समितिका सचिव मधु पौडेलले जनाकारी दिए ।वैठकमा समितिका उप संयोजक उषा गौतम,सदस्यहरु अस्मिता शाह महतरा,राधेश्याम वर्मा,गगन पुन,शिवराज सिग्देल लगायतको उपस्थिति रहेको थियो ।
00