spot_img
Friday, February 14, 2025
Homeब्यानरविद्युत समस्या समाधान बारे कुलमानसँग मेयर विष्टको भेटवार्ता

विद्युत समस्या समाधान बारे कुलमानसँग मेयर विष्टको भेटवार्ता

spot_img


बाँके नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशान्त विष्टले नेपालगञ्जमा देखिएको विद्युत अनियमितताको समाधानका विषयमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेटवार्ता गरेका छन् ।
नेपालगञ्जमा केही समययता विद्युत अनियमितता बढेपछि नगर प्रमुख विष्ट प्राधिकरणको कार्यालयमा पुगेर मंगलबार कार्यकारी निर्देशक घिसिङसँग छलफल गरि समस्या समाधानका लागि ध्यानाकर्षण गराएका हुन् ।छलफलमा नगर प्रमुख विष्टले नेपालको सबैभन्दा बढि गर्मी हुने शहर नेपालगञ्जमा विद्युत अनियमितता बढेपछि जनजीवन अस्तब्यस्त भएकोे भन्दै समस्याको दिर्घकालिन समाधानका लागि कार्यकारी निर्देशक घिसिङको ध्यानाकर्षण गराएको बताए ।
कार्यकारी निर्देशक घिसिङले नेपालगञ्जमा बुटवल र महेन्द्रनगरबाट विद्युत आपूर्ती हुने भएको र त्यसको दुरी लामो भएका कारण विद्युत अनियमितता हुने गरेको भन्दै तार लगायतका अन्य समस्या समाधान गरि केही दिनमै समस्याको समाधान हुने आश्वासन दिएको नगर प्रमुख विष्टले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

error code: 520