spot_img
Saturday, July 27, 2024
Homeब्यानरलोकतान्त्रि खेलकुद संघद्धारा वन मन्त्री तथा ओलम्पियन हमाललाई स्वागत

लोकतान्त्रि खेलकुद संघद्धारा वन मन्त्री तथा ओलम्पियन हमाललाई स्वागत

spot_img

नेपाल लोकतान्त्रिक खेलकुद संघ, लुम्बिनी प्रदेशले बाँके नेपालगञ्ज निवासी लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री एवं ओलम्पियन सुरेन्द्र हमाललाई स्वागत, बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।
ओलम्पियन वन मन्त्री हमालले खेलकुद मन्त्रालय आफ्नो नभएपनि खेलकुदका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता गरेका छन ।खेलको महत्वका विषयमा बोल्दै मन्त्री हमालले भने “खेलले अनुशासन सिकाउँछ । शहरको परिचय दिन्छ,” आफु जुनसुकै अवस्थामा भए पनि जिल्लाको खेलकुद विकासमा आफ्नो पूर्ण साथ र सहयोग रहने बताए ।


पछिल्लो समय लगातार वर्षाका कारण हुन भएको धान बालीको क्षती प्रति प्रदेशबाट राहतका लागि पहल गर्ने बताए ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ, लुम्बिनी प्रदेशका अध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस, बाँकेका सभापति किरण कोइराला, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाह, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख महेश चन्द, नेपालगञ्जमा प्रधानमन्त्री कप भलिबल प्रतियोगिता र नेपालगञ्ज म्याराथनको आयोजना गर्ने क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीलगायतले मन्त्री हमाललाई बधाई तथा शुभकामना दिदै जिल्लाको समग्र विकासका लागि अग्रसरता लिन आग्रह गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here