सुर्खेत जिल्ला सिम्ता गाउँपालिका-४ सिमलगाउँ बस्ने ३८ वर्षीया राधिका नेपालीको लक्ष्मी सामुदायिक वनस्थित भिरबाट लडेर मंगलबार दिउँसो मृत्यु भएको छ । आफ्नी छोरीसँग वनमा घाँस काट्न गएकोमा भिरबाट लडेर उनको मृत्यु भएको हो ।
यसैगरी सल्यान जिल्ला सिद्धकुमाख गाउँपालिका-२ टाकुरा बस्ने ४१ वर्षीय शोभाराम कामीको सोही गाउँपालिका-२ स्थित घरेलीडाँडा जंगलमा लडेर बुधबार बिहान मृत्यु भएको छ । सिद्धकुमाख गाउँपालिका-१ कागखोलामा कामको लागि गएकोमा जंगलबाट करिब ४ सय मिटर तल पेदीखोलामा खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
00