spot_img
Saturday, July 27, 2024
Homeब्यानरराष्ट्र र राष्ट्रियताका सवालमा कसैसग सम्झौता हुदैनः अध्यक्ष राप्रपा

राष्ट्र र राष्ट्रियताका सवालमा कसैसग सम्झौता हुदैनः अध्यक्ष राप्रपा

spot_img

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्र र राष्ट्रियताका सवालमा आफ्नो पार्टीले कसैसंग सम्झौता नगर्ने बताएका छन् ।
बाँकेको नेपालगञ्जमा आइतबार आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपाले कहिल्यै पनि राष्ट्रको अहितमा काम नगरेको भन्दै अब आउने चुनावहरुमा जनताले आफ्नो पार्टीलाई जिताउनुपर्ने बताए । हिन्दु राष्ट्र र राजसंस्था राष्ट्रियतासँग गाँसिएको विषय भएको भन्दै उनले यी दुबै विषयमा राप्रपाले निरन्तर वकालत गर्दै आएको बताए । एमसीसी अहिले सामान्य जस्तो लागेपनि भविष्यमा यसले राष्ट्रियतालाई खतरामा पार्ने अध्यक्ष लिङ्देनले जिकिर गरे ।
उनले जनताले सत्ता सञ्चानल गर्ने अवसर दिए राप्रपाले नै मुलुकमा समृद्धि ल्याउने दाबी समेत गरे । आफ्नो दललाई हलो चुनाव चिन्ह नदिए आसन्न स्थानीय चुनाव बहिस्कार गर्ने चेतावनी लिङ्देनले दिए । ‘राष्ट्रिय पार्टी नभएको बहानामा हामीलाई चुनाव चिन्हबाट वञ्चित गर्ने षड्यन्त्र भएको छ, यदि निर्वाचन आयोगले हामीलाई हलो चुनाव चिन्ह नदिएको खण्डमा हामी स्थानीय चुनाव बहिष्कार गर्छौं,’ उनले भने ।
राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेलको सभापतित्वमा सम्पन्न भएको आमसभालाई पार्टीका केन्द्रीय उपाध्यक्ष मुकुन्द श्याम गिरी, महामन्त्रीद्वय डा.धवलसम्शेर राणा र कुन्तीकुमारी शाही, पूर्व मन्त्रीद्वय प्रेमबहादुर भण्डारी र फत्तेसिंह थारु, पार्टीका सहायक महामन्त्री ऋषिराज देवकोटा, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य एवम् अभिनेत्री रेखा थापा लगायतले सम्बोधन गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here