spot_img
Saturday, July 27, 2024
Homeब्यानरयुनियन लाइफमा १० हजार भन्दा धेरै पोलिसी सरेण्डर हुँदा दाबी भुक्तानी १०५...

युनियन लाइफमा १० हजार भन्दा धेरै पोलिसी सरेण्डर हुँदा दाबी भुक्तानी १०५ प्रतिशतले बढ्यो

spot_img


काठमाडौं । जीवन बीमा व्यवसायमा आक्रामक रुपमा अगाडि बढेको युनियन लाइफमा पोलिसी सरेण्डर गर्नेको संख्या बढेको छ । अन्य जीवन बीमा कम्पनीहरुको पोलिसी संख्या बढ्दै गर्दा युनियन लाइफको गत वर्ष मात्रै ११ हजार २४१ वटाले घटेको छ । यस अवधिमा केहि म्यादी जीवन बीमाको कारणले संख्यामा कमि आए पनि अन्य पोलिसी सरेण्डर गर्नेको संख्यामा व्यापक बृद्धि भएको छ ।
पोलिसी संख्या ११ हजार २४१ वटाले घट्दा पनि खुद बीमा शुल्क आर्जन भने ४५ प्रतिशतले बढेको छ । कम्पनीले अन्य कम्पनीहरु सँग प्रतिस्पर्धामा आउनका लागि ठुलो ठुलो बीमाङ्कको बीमा पोलिसी बिक्री गरेको छ । होइन भने ११ हजार वटा पोलिसी संख्या घट्दा पनि बीमा शुल्क भने कसरी ४५ प्रतिशतले बढ्यो रु
सरेण्डर बढ्दा कम्पनीको दाबी भुक्तानी पनि १०५।९९ प्रतिशतले बढेको छ । कम्पनीले एक अर्ब ८७ करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ । बीमा समितिले पछिल्लो निर्देशिका अनुसार तीन वर्षसम्म सरेण्डर गर्न नपाउने व्यवस्था गरेको छ । तर उक्त गएका वर्षमा जारी भएका पोलिसीमा उक्त नियम लागु हुँदैन । त्यसैले गर्दा अघिल्ला दुई वर्षदेखि टार्गेट पुरा गर्न जारी गरिएका पोलिसी सरेण्डर हुँदा पोलिसी संख्या बढ्नुका साथै दाबी रकम पनि ह्वात्तै बढेको हो ।
अभिकर्ता, ब्रान्च म्यानेजर, मर्केटिङ म्यानेजरदेखि प्रमुख कार्यकारी अधिकृतको टार्गेट पुरा गर्न पोलिसी जारी गर्ने र केहि समयकै अन्तरालमा पोलिसी सरेण्ड गराउने रोग युनियन लाइफमा पनि व्याप्त छ । मनि व्याक पोलिसी मार्फत अभिकर्ता तथा बीमितलाई आकर्षित गर्न खोज्दा कम्पनीको बोनसदर सबैभन्दा धेरै प्रभावित भयो । देखावटी व्यवासायकै कारणले पनि कम्पनीको बोनसदर घटेको हो ।
जुन हिसावले व्यवसाय विस्तार भएको देखिन्छ त्यसको अनुपातमा कम्पनीको मुनाफा एकदमै कम छ । गत वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा २१।४८ प्रतिशतले घटेको छ । गत असारमा प्राथमिक शेयर निष्काशन गरेर दुई सातादेखि दोस्रो बजारमा कारोबार भैरहेको युनियन लाइफको शेयर मूल्य अन्य लाइफ इन्स्योरेन्स कम्पनीको जति पनि पुग्न सकेन । यसको प्रमुख कारण कम्पनीको व्यवसाय विस्तारको अनुपातमा मुनाफा बढ्न नसकेर हो ।
यदि कम्पनीले अभिकर्ता र ब्रान्च म्यानेजरहरुलाई टार्गेट पुरा गर्ने बहानामा जस्तो सुकै हर्कत गर्न दिने हो भने बोनसदरमा कहिले पनि सुधार हुने देखिदैन । कम्पनीले आर्थिक वर्ष २०७५र७६ का लागि जारी गरेको पोलिसी बोनसदरमा न्युनतम २० रुपैयाँ प्रतिहजार रुपैयाँ छ । जवकी त्यस भन्दा अघिल्लो आर्थिक वर्ष २०७४र७५ का लागि जारी भएको बोनसदर सूचिमा न्युनतम नै ४० रुपैयाँ छ । यसले पनि कम्पनीको व्यवसाय रियालिष्टिक भन्दा पनि देखावटी बढि छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here