spot_img
Saturday, July 27, 2024
Homeब्यानरमोटरसाइकलको ठक्करबाट हवल्दार शाहीको मृत्यु

मोटरसाइकलको ठक्करबाट हवल्दार शाहीको मृत्यु

spot_img


बाँकेमा मोटरसाइकलको ठक्करबाट ड्यटीमा रहेका एक प्रहरी हवल्दारको मृत्यु भएको छ ।

नेपालगञ्जको राँझा चोकमा ड्युटीमा खटिएका प्रहरी हवल्दार २९ वर्षीय भूपेन्द्रबहादुर शाहीको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

मोटरसाइकलको ठक्करबाट घाइते हवल्दार शाहीलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए ।

ड्युटीमै रहेका प्रहरी जवान ३५ वर्षीय नरेश चौधरी पनि मोटरसाइकलको ठक्करले घाइते छन् । उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेको छ । उनीहरू दुबै जना राँझा विटमा कार्यरत थिए ।

सोमवार राती सवा ८ बजेतिर नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे १० प ४७५७ नम्बरको मोटरसाइकलले ड्युटीमा रहेका उनीहरूलाई ठक्कर दिएको थियो ।

मोटरसाइकल चालक बर्दिया राजापुरका २० वर्षीय सन्तोष बम सिंह ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ठकुरीले मापसे गरेर मोटरसाइकल चलाएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here