spot_img
Thursday, April 24, 2025
Homeब्यानरमेरो प्लानेटको स्विमिङ्ग पुलमा १४ वर्षीय किशोरको डुबेर मृत्यु

मेरो प्लानेटको स्विमिङ्ग पुलमा १४ वर्षीय किशोरको डुबेर मृत्यु

spot_img

मनोरञ्जन मानिसको जिवनमा अति नै आवश्यक पर्ने विषय हो तर बाँकेमा संचालनमा ल्याइएका केही मनोरञ्जनका स्थानहरुमा मृत्युको जोखिम बढेर गएको पाइएको छ ।आइतबार मुस्लिम धर्मालम्बीहरुको पर्व इद मनाउँदै गर्दा नेपालगंजको बालेगाउँ स्थित मेरो प्लानेटको स्विमिङ्ग पुलमा १४ वर्षिय किशोर डुबेर मृत्यु भएको छ ।फनपार्कको नामले प्रख्यात मेरो प्लानेटको स्विमिङ्ग पुलमा सुरक्षाको कुनै प्रबन्ध नहुदाँ किशोरको अनाहकमै ज्यान गएको हो ।मेरो प्लानेटको स्विमिङ्ग पुलमा पौडी खेल्ने क्रममा किशोरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । ।‘स्विमिङ्ग पुलमा पौडी खेल्नेक्रममा ती किशोरको डुबेर मृत्यु भएको हो । उनीसंगैका अन्य साथी भागेकाछन् ।’ बाँके प्रहरीले भन्यो–‘स्विमिङ्ग पुलमा ती किशोरको डुबेर मृत्यु भएको हो वा अन्य के हो प्रहरीले अनुसन्धान अगाडी बढाएकोछ ।’स्विमिङ्ग पुलमा डुबेर मृत्यु भएका किशोर नेपालगंज उपमहानगरपालिका–११ का भएको बझिएको छ । संचालनमा ल्याइएको फन पार्कमा निर्माण गरिएका स्वमिङ्ग पुलमा सुरक्षाका लागि ‘लाईफ गार्ड’ तथा आवश्यक उद्दार सामाग्री छैनन् । पैसा कमाउन खोज्ने तर, सुरक्षाका लागि कुनै प्रबन्ध नगराउँदा जोखिमसंगै दुर्घटना हुने गरेकोछ ।

Author

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here