बाँकेको नेपालगंजमा गौरब स्मृति तथा बी योर सेल्फ फाउण्डेशन लगायत तीन संस्थाले मंगलबार सेनेटरी प्याड वितरण गरेको छन । ११२औं अन्तररास्ट्रिय महिला दिवशको अवसर पारेर नेपालगंज उपमहानगरपालिका वडा नम्बर १९ मा महिनावारी सम्बन्धी बृहत सामाजिक सचेतना मुलक कार्यक्रम सहित सेनेटरी प्याड बितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपालगंज उपमहानगरपालिकाका उपमेयर उमा थापामगरले महिला हक अधिकारका लागि स्वयम् महिलाहरु जागरुक र सचेत हुनुपर्ने र बिभिन्न सामाजिक कार्यमा अग्रसर हुदै आएको फाउन्डेसनको योगदान माथि युवा अग्रसरताको प्रशंसा गरेकी थिइन । उपमेयर थापाले नेपालमासवैधानिक रुपमा महिलाहरुलाई समानता दिएता पनि ब्यवहारिक रुपमा अझैपनि विभेद रहेको बताईन । महिलाहरुलाई सेनेटरी प्याड बितरण गर्दै उपमेयर थापाले त्यसको सदुपयोग गर्न आग्रह समेत गरेकी थिइन।स्वास्थ्य सचेतनाको अभाबमा महिलाहरुले विभिन्न स्वास्थ्य सम्बन्धी समस्या भोग्नु परेको उल्लेख गर्दै उपमेयर थापाले यस बिषयमा महिलाहरु जागरुक र सचेत हुन आवश्यक रहेको बताइन । फाउण्डेसनका अध्यक्ष करण साहको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ अतिथीमा नेपालगंज उपमहानगरपालिका वडा नम्बर १९ का अध्यक्ष परशुराम बर्मा रहेका थिए । युवा अभियान्ता सहाबुद्दिन खानले संचालन गरेको कार्यक्रममा ३ सय जनालाई सेनेटरी प्याड बितरण गरिएको फाउण्डेसनका कोषाध्यक्ष बिजय कोरीले जानकारी दिए । वडा नम्बर १९ को सहकार्यमा भएको कार्यक्रममा समाजसेवी क्रमशः फाउन्डेसनका उपाध्यक्ष मधु शाह ,सचिव सुदिप चौधरी ,सह–सचिव दिनिता शाही ,सदस्य रोजी श्रेष्ठ ,अनिता बिष्ट , रेवती सिंह, सगुन श्रेष्ठ, सोहन बर्मा लगायतको उपस्थिति रहेको थियो । स्वर्गीय गौरब शाहको नेतृत्वमा तीन बर्ष अघि स्थापना गरिएको बी योर सेल्फले यस अघिपनि प्रत्यक्ष समाज संग जोडिएका बिकृति बिभेदको आवाज बन्दै स्वास्थ्य सचेतना लगायत बिभिन्न सामाजिक कार्यक्रमहरु संचालन गर्दै आएको छ भने संस्थापक अध्यक्ष स्वर्गीय गौरब शाहको नाममा एउटा अक्षयकोष समेत स्थापना गरिएको छ।
00
हामीसँग जोडिनुहोस्
सिफारिस