बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नं.१२ पहिलो वडास्तरीय बालमैत्री वडा घोषणा गर्न सफल भएको छ । शुक्रबार नेपालगंजमा आयोजना गरीएको एक कार्यक्रममा वडालाई बालमैत्री वडाको रुपमा घोषणा जिल्ला समन्वय समितिका सभापति अजय श्रीवास्तवले घोषणा पत्र पढेर गरेका हुन ।
जिल्ला समन्वय समिति बाँकेका सभापति श्रीवास्तवको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा बोल्ने अधिकांश बक्तहरुले वडालाई बालमैत्री घोषणा गरेर काम पुरा नहुने बताएका थिए । कार्यक्रममा स्वागत मन्तव्य वडा नं.१२ का वडा सदस्य तरुण वज्राचार्यले दिएका थिए । स्वागत मन्तव्य दिदै सदस्य वज्राचार्यले बालमैत्री वडा घोषणा कार्यक्रमको योजना २०७४ सालबाट सुरु गरीएकोमा अहिले आएर सम्पन्न भएको बताए ।वडा स्तरीय बालमैत्री घोषणाका फोकल पर्सन राजेन्द्र विष्टले सहजीकरण गरेको कार्यक्रम वातावरण तथा बालअधिकार संरक्षण केन्द्र नेपालगंज बाँकेले सहजीकरण गरेको हो भने समन्वय जिल्ला समन्वय समिति बाँके,नेपालगंज उपमहानगरपालिका बाँकेले गरेको हो ।
बालमत्री घोषणा गर्नु पुर्व आवश्यक पर्ने सबै सुचकहरु पुरा गरी वडाले बालमत्री वडा घोषणा गरेको हो ।वडा नं.१२ का वडा अध्यक्ष बुद्धि सागर सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष सुवेदीले सबैको साथ र सहयोग भएको हुदाँ वडालाई बालमत्री वडा घोषणा गर्न सफल भएको बताए ।दुईवटा निजी तथा दुईवटा सामुदायिक विद्यालयहरु रहेको वडामा ६ वटा बाल विकासहरु रहेको छन ।यसैगरी ३०० बढि बालबालिकाहरु बालक्लव लगायतका संजालमा आवद्ध भएको छन । कार्यक्रममा वडालाई बालमैत्री वडा घोषणा गर्न भुमिका निभाएका मानुभावहरुलाई सम्मा न स्वरुप माला र प्रमाण पत्र वितरण गरीएको थियो भने अन्य अतिथिहरुलाई मायाको चिनो प्रदान गरीएको थियो । कार्यक्रममा वडा स्तरीय बालक्लव संजालका आकृति चिडिमार,मनिषा वली,वातावरण तथा बालअधिकार संरक्षण केन्द्र नेपालगंज बाँकेका अध्यक्ष तेजविक्रम शाह,वालवालिका तथा महिला विकास साखा प्रमुख नेपालगंज उपमहानगरपालिकाका प्रमुख शोभा शाह,नेपाली कांग्रेस बाँके सचिव सुदान्सु कोइराला,स्थानिय समाजसेवी हरीबाबु घिमिरे लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम विभिन्न संस्थाहरुका प्रतिनिधिहरु,समाजसेवी विभिन्न बाल क्लवका प्रतिनिधिहरु तथा वडाका कर्मचारी लगायतलाई प्रमाण पत्र प्रदान गरीएको थियो । कार्यक्रमको विच–विचमा स्थानिय कलाकार भाईबहिनीहरुले आफ्नो प्रस्तुति देखाएका थियो । ,
00