spot_img
Saturday, July 27, 2024
Homeब्यानरबाँके हुदै लमहीतर्फ जाँदै गरेको मोटरसाइकलमा खैरो पदार्थ बरामद, दुई जना पक्राउ

बाँके हुदै लमहीतर्फ जाँदै गरेको मोटरसाइकलमा खैरो पदार्थ बरामद, दुई जना पक्राउ

spot_img

बाँके जिल्लाको नेपालगंजहुदै दाङ्गको लमहीतर्फ जाँदै गरेको मोटरसाइकलमा खैरो पदार्थ बरामद भएको छ । दाङ्ग जिल्लाको लमही नगरपालिका–९ शिव खोलास्थित पूर्वपश्चिम राजमार्गबाट करिब ११ ग्राम अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ सहित दुई जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही नगरपालिका–४ शान्तिनगर बस्ने २३ वर्षीय विकास रोका र सोही ठाउँस्थित अर्नवा बस्ने २० वर्षीय सुनिल श्रेष्ठ रहेका छन् । बाँकेको नेपालगंजबाट लमहीतर्फ जाँदै गरेका रा.३ प ३५१९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । बरामद उक्त पदर्थ तथा पक्राउ परेका व्यक्ति माथी प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जानकारी गराएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here