पछिल्लो समय बाँके जिल्ला लागु औषध दुर्वशनको केन्द्र बन्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले सोमबार गरेको पत्रकार सम्मेलनमा बताइएको हो । कार्यालयले ०७८÷०७९को ६ महिनाको प्रगति विवरण प्रस्तुत गर्दै सो विषय सार्वजानिक भएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेले २०७८÷०७९को ६ महिने कार्य प्रगति विवरण पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको छ । सोमबार जिल्ला प्रहरी कार्यालयमा भएको ६ महिने प्रगति विवरण सार्वजानिक गर्दे लागु औषध तर्फ ब्राउनसुगर २६५ ग्राम ६१० मिलिग्राम,चरेश ४ किलो ३७५ग्राम,नाईट्राजेपाम तिन हजार पाँच सय त्रिचालिश ट्याव्लेट,कोरेक्स छ हजार मिलिलिटर,गाँजा २० ग्राम,ट्रमाडोल एक हजार चार सय ३० ट्याक्लेट सहित ८८ जना लागु औषध कारोबारी लाई पाँच लाख एघार हजार नगद सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।यसैगरी पत्रकार सम्मेलनकै क्रममा बाँके प्रहरीले प्रहरीले बरामद गरीएका व्राउन सुगर,खैरी हिरोइन सहितको लागु पदार्थलाई नष्ट समेत गरेको छ ।
प्रगति विवरण प्रस्तुत गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं डिएसपि मधु सुदन न्यौपानेले लागु औषध तर्फ,फरार अभियुक्त पक्राउ,सुन बरामद,भन्सार चोरी पैठारी ,वन्यजन्तु चोरी शिकारी सम्वन्धी,अवैध हातहतियार सम्वन्धी,फरार अभियुक्त पक्राउ,जुवातास,नदिजन्य पदार्थको अवैध उत्खनन्,जिउमास्ने,ट्राफिक व्यवस्थापन लगायतका शिर्षकमा प्रगति विवरण प्रस्तुत गरेको थिए ।
यसैगरी बाँके प्रहरीले विगत ६ महिनामा फरार अभियुक्तहरुमा १६१ जना पक्राउ गरेको छ भने नेपालगंज विमानस्थलबाट ४ किलो २९.१९ ग्राम सुन समेत बरामत गरेको छ । यसैगरी भन्सार चोरी पैठारीमा चार करोड छत्तीस लाख छब्बीस हजार छ सय आठ बराबरको समान सहित २७ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । यसैगरी २० लाख बराबरको भारतबाट अवैधरुपमा भित्रयाईको बोईलर कुखुरा,चल्ला ,मासु,माछा सहति ७ जनालाई पक्राउ गरी कारबाही गरेको छ भने बाघको छाला ३,रेडपाण्डाको छाला १,भालुको पित्त ४ ,हात्तिको दाँत २ सहित १० जनालाई पक्राउ गरेको छ । यसैगरी सालको काठ ११ गोलिया चिरान ११८ सहित ३ जनालाई पक्राउ गरीएको छ भने कुटवा पेस्तोल ३,एयरपेस्तोल १,भरुवा भन्दुक १ र छर्रा ३ सहित ४ जनलाई पक्राउ गरी कारबाही गरिएको छ ।
हाल सम्म कुल ५३७ मुद्धामा ६७४ जनालाई पक्राउ गरीएको छ भने जुवातासमा ६१ जनालाई नगद रु नौ लाख एकाउन्न हजार छ सय दश सहित पक्राउ गरिएको प्रहरीले बताएको छ । यसैगरी जिल्लाका नेपालगंज तथा कोहलपुर क्षेत्रका विभिन्न होटलहरुमा यौन व्यवसाय संचालन गर्ने,आगुन्तुहरुलाई दुख दिने १६ वटा होटल,रेष्टुरा माथि छानविन गर्दा ५ वटा होटल तथा रेष्टुराका संचालक सहित ११ जना महिला र ८ पुरुष लाई पक्राउ गरीएको छ । यसैगरी बाँके प्रहरीले विभिन्न शिर्षकहरुमा चाल आ.वको ६ महिनामा नौ करोड उन्चालिस लाख त्रिनब्बे हजार आठ सय सात कुल राजस्व संकलन गर्न सफल भएको छ ।