spot_img
Saturday, July 27, 2024
Homeब्यानरबाँकेमा कांग्रेसको चुनाव लक्षित एक महिने अभियान समापन

बाँकेमा कांग्रेसको चुनाव लक्षित एक महिने अभियान समापन

spot_img

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले स्थानीय आवश्यकता र औचित्यको आधारमा चुनावी तालमेल गर्ने भन्ने पार्टीको निर्णय अनुसार नै अघि बढ्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसद्वारा देशब्यापीरुपमा आयोजित स्थानीय चुनाव लक्षित एक महिने ुघर घर जाऔं( कांग्रेस जिताऔुं अभियानको आज बाँकेमा समापन गर्दै गिरीले स्थानीय अवस्था र आवश्यकतालाई मूल्यांकन गरेर चुनावी गठबन्धन गर्ने पार्टीको आधिकारिक निर्णय अनुसार नै अघि बढ्नुपर्ने बताए । केन्द्रीय प्रतिनिधिका रुपमा बाँके खटिएका गिरीले सत्ता साझेदार अन्य दललाई सम्मानजनक स्थान दिएपनि कांग्रेस बलियो भएको ठाउँमा अरुलाई छोड्न नसकिने बताए । उनले झिनामसिना कुरामा अल्झेर नबस्न आग्रह गर्दै एकता कायम गरेर अघि बढ्न नेता कार्यकर्तालाई आह्वान गरे ।
अर्का केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री सञ्जय गौतमले स्थानीय तहका उम्मेदवार टुंग्याउने जिम्मा पार्टी विधान अनुसार नै दिनुपर्ने बताउँदै तालमेलको व्यवस्थापन स्थानीय तहबाटै हुनुपर्नेमा जोड दिए । गौतमले केन्द्रीय कार्यसमितिले गरेको निर्णय कार्यान्वयन हुने अवस्था बने आम कार्यकर्ताको भावनाको सम्मान हुने बताए । उनले पार्टीले तल्लो तहका कार्यकर्ताहरुको भावनाको सम्मान गर्नुपर्नेमा जोड दिए ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै अन्य बक्ताहरुले स्थानीय अवस्थालाई मध्यनजर गर्दै तालमेलको निर्णय गर्ने अधिकार सम्बन्धित तल्ला कमिटीलाई नदिए चुनावी गठबन्धन जोखिमपूर्ण हुने बताए ।
कार्यक्रममा सभापति नारायण प्रसाद गौडेल, राष्ट्रिय सभा सदस्य एवम् पूर्व पार्टी सभापति युवराज शर्मा, पूर्व सभापतिहरु किरण कोइराला, गजेन्द्र हमाल, कृष्णमान श्रेष्ठ, प्रदेश प्रतिनिधिद्वय पुष्पलाल श्रेष्ठ र पुष्पा श्रेष्ठ, संविधानसभा सदस्य अब्दुल हमिद सिद्धिकी (भोला), महासमिति सदस्य फुलाराम थारु, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसी, २ का सभापति रमेश कुमार गुप्ता, क्षेत्र नम्बर ३ का सभापति नक्की खाँ, क्षेत्र नम्बर १ का निवर्तमान सभापति माधवराम खत्री, महाधिवेशन प्रतिनिधि सुदिपनरसिंह राणा, प्रदेश २ (क) का सभापति ज्ञानेन्द्र कुमार चौधरी, ३ (ख) का सभापति राजेन्द्र आचार्य, नेपालगञ्ज नगर सभापति प्रशान्त विष्ट, राप्तीसोनारी सभापति भिम बहादुर राना क्षेत्री र नेविसंघका अध्यक्ष पूर्ण आचार्यले बोलेका थिए ।
समापन कार्यक्रम सभापति गौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । उपसभापति कृष्ण बहादुर कार्कीले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव सञ्जु कुमारी थारुले गरेकी थिइन् । कार्यक्रममा नेपालगञ्जका सन्तोष गुप्ता र सोनाली गुप्तालाई केन्द्रिय सदस्य गिरीले पार्टी प्रवेश गराएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here