spot_img
Saturday, July 27, 2024
Homeब्यानरबाँकेको भेरी अस्पातलमा ४ को शंकास्पद मृत्यु

बाँकेको भेरी अस्पातलमा ४ को शंकास्पद मृत्यु

spot_img


बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका भित्र रहेको नेपालगञ्जको भेरी अस्पतलामा कार्यालय सहयोगीको रुपमा कार्यरत कालीकोट खांडचक्र निवासी २३ बर्षिय धर्म प्रशाद भटटराई बसेको अस्पताल क्वाटरमा सुतेका ७ जना मध्य ४ जना बिहिबार बिहान मृत्यु अवस्थामा भेटिएका छन भने ३ जना बेहोसी अवस्थामा रहेका छन ।

भेरी अस्पतालमा बिहिबार बिहान कार्यालय सहयोगीको क्वाटरबट कोही पनि नउठेपछी ढोका खोलेर हेर्दा अस्पतालका कार्यालय सहयोगीको रुपमा कार्यरत धर्म प्रशाद भटटराई, निजको ३ महिनाको बच्चा इप्सन भटटराई, सासु ४३ बर्षिय कोकीला भटटराई, धर्म प्रशादको जेठानी दिदि नाता पर्ने अर्को एक महिला कोली भटराईको मृत्यु अवस्थामा भेटिएका छन ।

धर्म प्रशादका नातेदार नरेन्द्र प्रशाद भटटराई सहित अन्य ३ जनाको भेरी अस्पतालको आपतकालीन कक्षमा उपचार भईरहेको छ ।
घटनाका सम्वन्धमा जिल्ला प्रहरी कार्यालय बांकेको प्राबिधिक तथा प्रशासनिक टिमले घटनास्थललाई नियन्त्रणमा लिएर कुकुर सहितको टिमले अनुसन्धान गरिरहेको घटनास्थलमा पुग्नु भएका प्रहरी निरिक्षक खिम बहादुर घर्ति मगरले जानकारी दिएका छन ।

भेरीको उक्त घटनामा जाडो बढे सगै हिटर बालेर एकै कोठामा ७ जना सुतेकोमा ग्यास पोइजन भएर यसरी मृत्यू भएको आशंका पनि गरिएको छ भने यस्ता घटना यस अघि पनि सार्वजनिक हुदै आएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here