बाँके जिल्ला नेपालगंजमा स्थापना गरीएको “एभियसन म्युजियम” विहिबारबाट विधिवत रुपमा उद्घाटन गरी संचालनमा आएको छ । नेपालगंज उपमहानगरपालिका वडा नं.१२ को आयोजनामा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सहमहामंन्त्री एवं सविधान सभाका सदस्य किशोर सिंह राठौरले उद्घाटन गरी विविधत रुपमा संचालनमा ल्याइएको नेपालगंज उपमहानगरपालिकाले जानकारी दिएको छ । नेपालगंजलाई अन्य स्थानमा समेत चिनाउन सक्ने म्युजियमा नेपाली विद्यार्थीलाई हवाई सम्वन्धी विविध जानकारी दिन र आन्तरीक पर्यटनमा टेवा पु¥याउने विश्वास लिएको नेपालगंज उपमहानगरपालिका वडा नं.१२ का अध्यक्ष बुद्धि सागर सुवेदीले बताए ।कस्मिक एयरको पुरानो जहाजलाई म्युजियममा परिणत गरिएको सो जहाजभित्र २ सय ५० बढि नमुना साना जहाजहरु पनि प्रर्दशनीका लागि राखिएको छ ।

करिव एक करोड ८० लाख रुपैयाँ लागतमा स्थापना भएको म्युजियममा स्थापनाका लागि निकै जोडबल गर्नु परेको वडा सदस्य दिनेश राज पन्तले बताए ।म्युजियमको उद्घाटन गर्दे केन्द्रिय सहमहामन्त्री राठौरले आन्तरीक पर्यटन संगै म्युजियमले समग्र बाँकेकै चिनारी बोक्न सक्ने बताए ।

नेपाली कांग्रेस वडा नं.१२ का पुर्व क्षेत्रिय सभापति सुरेन्द्र नाथ सापकोटाको अध्यक्षतमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति किरण कोइराला,नेकपा एमाले बाँके अध्यक्ष किस्मत कुमार कक्षपति, नेपाली कांगे्रस बाँके जिल्ला उपसभापति सुनिल नरसिंह राणा ,नेपाली कांग्रेस क्षेत्र नं.१ का क्षेत्रिय सभापति पोषण केसी, ,नेपाली कांग्रेस तरुण दल जिल्ला अध्यक्ष विरेन्द्र शाह,नेपाली कांग्रेस नेपालगंज उपमहानगरपालिका क्षेत्रिय सभापति प्रशान्त विष्ट,नेपालगंज उपमहानगरपालिका उपमेयर उमा थापा मगर,नेपाली कांग्रेस क्षेत्र नं.२ क्षेत्रिय सचिव सुनिल सिंह हमाल,वडा नं.१२ आमा समुह अध्यक्ष ईता शर्मा लगायतको उपस्थिति रहेको थियो ।
