spot_img
Saturday, July 27, 2024
Homeब्यानरबाँकेको नेपालगंज वडा नं. १२ मा मेलमिलाप केन्द्र स्थापना

बाँकेको नेपालगंज वडा नं. १२ मा मेलमिलाप केन्द्र स्थापना

spot_img

बाँकेको नेपालगंज उपमहानगरपालिकामा विहिबार वडा स्तरीय मेलमिलाप केन्द्रको स्थापना गरीएको छ । नेपालगंज उपमहानगरपालिका भित्र रहेको वडा नं.१२ पहिलो पटक वडा स्थरीय मेलमिलाप कार्यालयको स्थापना सहित उद्घाटन गरीएको हो । वडा नं.१२ मेलमिलाप समितिका संयोजक हरिबाबु घिमिरेको अध्यक्षतामा भएको उद्घाटन तथा कार्यालय स्थापना कार्यक्रमको प्रमुख अतिथिमा नेपालगंज उपमहानगरपालिका उपमेयर तथा न्यायिक समिति संयोजक उमा थापा मगर तथा अतिथिमा वडा नं.१२का वडा अध्यक्ष बुद्धि सागर सुवेदी रहेका थिए । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपालगंज उपमहानगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक उमा थापा मगरले मेलमिलाप समितिले राम्रो काम गरेको बताइन । नेपालगंज उपमहानगरपालिका न्यायिक समितिले लामो समय देखि वडा स्तरमा मेलमिलाप कार्यालय स्थापना गर्ने लक्ष्य राखेकोमा वडा नं.१२मा स्थापना भए पछि सुरुवात भएको उपप्रमुख तथा न्यायिक समिति संयोजक थापाले बताईन ।यसैगरी कार्यक्रममा वडा नं.१२ का वडा अध्यक्ष तथा कार्याक्रमका अतिथि बुद्धिसागर सुवेदीले वडाले मेलमिलापलाई पहिलो प्रथामिकतामा राखेर काम गरेको बताए ।यसैगरी कार्यक्रमका अतिथि तथा नेपालगंज उपमहानगरपालिका मेलमिलाप समितिका संयोजक शिव कुमार बर्माले मेलमिलाप प्रक्रियालाई अझै प्रभावकारी बनाउनका लागि आफुहरुले विभिन्न फारमहरु निर्माण गर्दै आएको बताए । यसरी फारमहरुलाई मेलमिलाप प्रक्रियामा प्रयोग गर्दा प्रमाण तथा तथ्याङकीकरणमा सहज हुने संयोजक वर्माले बताए । यसैगरी नेपालगंज उपमहानगरपालिका न्यायिक समिति सदस्य देउमन सुनारले मेलमिलापको क्रियाकलापलाई वडाका जनप्रतिनिधिहरुले गर्न नहुने बताए । सदस्य सुनारले भने,“मेलमिलाप गराउने काम मेलमिलाप गराउने काम सामुदायिक मेलमिलाप कर्ता भएको हुदाँ उहाँलाई दिनु पर्दछ ,” ।

उद्घाटन तथा कार्यालय स्थापना का लागि नेपालगंज उपमहानगरपालिकाले वडा–१२ का मेलमिलाप संयोजक हरिबाबु घिमिरेलाई कुर्सि,टेवल,रजिस्टर लगायतका आवश्यक सामाग्रीहरु हस्तान्तरण गरेको थियो । पछिल्लो समय नेपालगंज उपमहानगरपालिका न्यायिक समितिले वडा स्तरमा मेलमिलाप कार्यालय स्थापनाका लागि मिलमिलाप गर्न आवश्यक पर्ने कुर्सि,टेबल,रजिस्टर लगायतका समाग्री नगरका सबै वडाहरुमा हस्तान्तरण गर्ने भएको नगर स्तरीय मेलमिलाप समितिका सचिव मधु पौडेलले जानकारी गराएका छन । मेलमिलाप नगर समितिका सचिव पौडेलद्धारा संचालन गरीएको कार्याक्रममा वडा नं.१२ का वडा सदस्य दिनेशराज पन्त,नगरसमिति मेलमिलाप समितिका सदस्य इन्दु अधिकारी पौडेल,शिवराज सिग्देल,वडा नं.१२ मेलमिलाप कर्ता लक्ष्मी खड्का, इन्प्रिका्ेका अध्क्षय तेज विक्रम शाह लगायतको उपस्थिति रहेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here