spot_img
Saturday, July 27, 2024
Homeब्यानरबाँकेको नरैनापुरमा इलाका प्रशासन कार्यालय पुनःस्थापनाको माग

बाँकेको नरैनापुरमा इलाका प्रशासन कार्यालय पुनःस्थापनाको माग

spot_img

नेकपा एमालेले बाँकेको नरैनापुरमा इलाका प्रशासन कार्यालय पुनःस्थापनाको माग गरेको छ । नेकपा एमाले नरैनापुर गाउँपालिकाले मंगलवार बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई ज्ञापनपत्र बुझाउँदै असुरक्षाको कारण देखाउँदै २०७२ सालमा विस्थापित भएको इलाका प्रशासन कार्यालय तत्काल पुनःस्थापना गर्न माग गरेको हो ।
तीन बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै इलाका प्रशासन कार्यालय नरैनापुरलाई तत्काल पुनःस्थापित गरेर नागरिकता प्रमाणपत्रलगायतका सेवासुविधा सरल, सुलभ तरिकाले उपलब्ध गराउन माग गरिएको एमाले नरैनापुर गाउँपालिकाका अध्यक्ष पंचराम यादवले बताए । त्यस्तै नेपाली किसानले भारतबाट रासायनिक मलखाद, वीउविजन र बालीनालीमा प्रयोग गरिने औषधीलगायतका कृषि सामग्री ल्याउँदा सीमानाकामा सुरक्षाकर्मीले अवरोध सिर्जना गर्ने गरेको भन्दै त्यसलाई रोक्न पनि उनले प्रहरी प्रशासनसँग माग गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here