spot_img
Saturday, July 27, 2024
Homeब्यानरमूल्य वृद्धिको विरोधमा बाँकेको कोहलपुरमा प्रदर्शन

मूल्य वृद्धिको विरोधमा बाँकेको कोहलपुरमा प्रदर्शन

spot_img

नेपाल सरकारले गरेको पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु आन्दोलनमा उत्रिएको छ ।
बाँकेको कोहलपुरमा उक्त विद्यार्थी संगठन मंगलबार बिहान साँझा चोकमा टायर बालेर करिब एक घण्टा विरोध प्रदर्शन गरेको अनेरास्ववियुका केन्द्रिय सदस्य टेपराज जैसीले जानकारी दिए ।
उनका अनुसार अनेरास्ववियु बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका अध्यक्ष महेन्द्र प्रकाश मल्लको नेतृत्वमा पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धिको विरोधमा एक घण्टा चक्काजाम र सडक आन्दोलन गरिएको छ ।
आइतबार राति देखि लागुहुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रमा वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ र डिजेल र मट्टीतेलमा प्रतिलिटर २७ रुपैयाँले मूल्यवृद्धि गरेको छ । जस पश्चात सर्वसाधारण तरङ्गित भएका छन ।
नयाँ मूल्य बढेसँगै पेट्रोलको मूल्य १९९ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १९२ पुगेको छ ।
निगमका अनुसार खाना पकाउने ग्यासको मूल्य भने यसपटक बढाइएको छैन । यस्तै निगमले हवाई इन्धनमा आन्तरिकतर्फ १९ रुपैयाँ र बाह्य तर्फ १०० अमेरिकी डलरले वृद्धि गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here