spot_img
Saturday, July 27, 2024
Homeब्यानरपार्टि विधान विपरित आफु छैन,जनमतको कदर हुनेछ ःनेपालगंज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट

पार्टि विधान विपरित आफु छैन,जनमतको कदर हुनेछ ःनेपालगंज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्ट

spot_img

बाँके नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट आफु कुनै पनि हालतमा पार्टिको विधान विपरित लाइनमा नलाग्ने बताएका छन । मेयर विष्टले आइतबार नेपाली काग्रेसले काग्रेस बाँकेले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान कार्यक्रमको सम्बोधनका क्रममा उक्त कुरा बताएका हुन । मेयर विष्टले पार्टिका नेता तथा कार्याकर्ता तथा स्थानिय जनताहरुको जनाधारका आधारमा आफु नेपालगंजको मेयरपदमा विजय भएको हदाँ पार्टि विधान तथा तल्लो तहका कार्यकर्ता तथा जनताहरुको इच्छा नै आफ्नो् लक्ष्य हुने बताए ।
जिल्ला समन्वय समितिको सभाहलमा कार्यक्रमको आयोजना गरी जनप्रतिनिधिहरुलाई सम्मान गरिएको हो । नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलको सभापतित्व एवं केन्द्रीय सदस्य तथा पुर्व मन्त्री सञ्जय कुमार गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न बधाई तथा सम्मान कार्यक्रममा केन्द्रीय सदस्य गौतम,केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी ,लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन,जिल्ला सभापति गौडेल लगायत अन्य अतिथिहरुले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई टिका र खादा लगाएर सम्मान गरेका थिए । बाँकेमा कांग्रेसबाट ६ जना प्रमुख र अध्यक्ष,६ जना उपप्रमुख र उपाध्यक्ष र २८ जना वडा अध्यक्ष निर्वाचित भएका छन ।पछिल्लो समयमा बाँके काग्रेस चरम गुटबन्धीको शिकार भएको भनेर भन्न सकिने अवस्था आएको छ । एकातिर विजय उम्मेदवारहरुलाई सम्मान तथा बधाई कार्यक्रम गर्दै गर्दा नेपाली काग्रेसको पार्टि अफिसको गेटमा भोटे ताल्चा लागेको देख्न सकिन्छ जसको कारणले बाँके काग्रेसका कार्याकर्ता तथा काग्रेस शुभेच्छुकहरु निराश रहेका छन ।यसरी पार्टिमा विवाद हुर्दै गर्दा सम्मान तथा बधाई कार्यक्रममा केही जनप्रतिनिधिहरुको उपस्थिति नभएको एकजना नेपाली कांगेसका शुभेच्छुकले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here