बाँके नेपालगंज उपमहानगरपालिका वडा नं.५ मा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेका मेराज अहमद हल्वाई लगायतको टिमले घरदैलो कार्यक्रमलाई तिव्र पारेको छ । हल्वाईको अध्यक्षमा रहेको टिमको सदस्यमा निशा शाह,राजा खाँ,उदय नारायण मिश्र,सुशिला सुनार उठेका छन । घरदैलो कार्यक्रममा बोल्दै स्थानिय नेता तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि उमा थापा मगरले देश र जनताका निम्ती नेपाली कांग्रेस वर्तमान आवश्यकता हुदाँ रुखमा मतदान गर्न अनुरोध गरीन ।यसै गरी घर दैलो कार्यक्रममा सहभागित नेपाली कांग्रेस क्षेत्र नं.२ क्षेत्रिय समिति सदस्य उमा ग्राण्डन डाँगीले नेपाली कांग्रेस उम्मेदवार मेराज अहमद हल्वाईलाई अत्याधिक मतदान दिएन विजय गराउनु पर्ने वडावासीहरुको वर्तमान आवश्कता र विकल्प रहेका बताई ।घरदैलोको क्रममा स्थानिय वडा वासीहरुको समर्थन निकै देखिएको स्थानियहरु बताउँछन ।