spot_img
Saturday, July 27, 2024
Homeब्यानरनेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ मा रमेश कुमार गुप्ता निर्वाचित

नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ मा रमेश कुमार गुप्ता निर्वाचित

spot_img

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बाँके क्षेत्र नम्बर २ को सभापतिमा रमेशकुमार गुप्ता निर्वाचित भएका छन् । स्थानीय भेरी प्राविधिक शिक्षालयमा सम्पन्न सभापति सहित पदाधिकारीको मत गणनामा सभापति पदमा गुप्ता दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । गुप्ताले २३९ र बिरेन्द्र शाहले १९१ मत प्राप्त गरे ।यस्तै सचिवमा सुनिलसिंह हमालले २६३, प्रदीप साहु तेलीले २५०, आशिष वर्माले १६७ र बुद्धिसागर सुवेदीले १३१ मत ल्याएका छन । यस्तै तरुण बज्राचार्यले २७१, सब्बिर खाले २१८, रमेशकुमार तिमिल्सिनाले १७१ र ओम प्रकाश चौहानले १४२ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।यसैगरी क्षेत्रिय कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित उमा ग्राण्डन,त्रिलोकी गिरी, रामु थापा मगर, रितेश कुमार शर्मा राई, कमाला थारु, देव बहादुर सुनार , नर बहादुर विष्ट,निर्वाचित भएका थिए ।


यसैगरी शनिबार भएको निर्वाचनमा सदस्यमा मो.अजमल खाँ,नविन कुमार रेग्मी,सवित्रा सुनार,हाजिफ खाँ,हरिष चन्द्र वर्मा, नर्मल कुमार शाह,निर्मला नाउँ,बफाती बेहना,कु.बन्दना सिंह,राधा थापा,साहबरा बेगम मनिहार निर्वाचित छन ।

यसैगरी केन्द्रिय महाधिवेशन प्रतिनिधि तर्फ सुरेन्द्र बहादुर हमाल ,निरञ्जन सिंह सिजापति ,गजेन्द्र बहादुर हमाल,अंजित कुमार शर्मा,सुनिल नरसिंह राणा,प्रकाश जंग राणा,मुकुन्द बहादुर केसी,रविन्द्रमान श्रेष्ठ,राजकुमार बर्मा, र जगत नारायाण कुर्मी रहेका छन यसैगरी प्रत्येक्ष महिला महाधिवेशन प्रतिनिधिमा किरण कोइराला,कमलाभट्ट,भारती जोसी,माया पुन र खस आर्य महिला तर्फ महाधिवेशन प्रतिनिधिमा सुलोचना शर्मा, खस आर्य खुला तर्फ सुदिप नरसिंह राणा निर्वाचित भएका छन ।यसैगरी आदिवासी जनजाति महाधिवेशन प्रतिनिधि तर्फबाट प्रदिप कुमार श्रेष्ठ,मधेसी महिला तर्फ परमेश्वरी पाठक,मधेसी तर्फ नरेन्द्र कुमार चौधरी,प्रलाद लखेर,दलित तर्फ मैकुलाल वाल्मिकी,मुस्लिम महिला तर्फ मिना कु.बोहोरा सिद्धकी,मुस्लिम खुलामा निजामुद्धिन अन्सारी,मो.याकुव अन्सारी,अल्पसंख्यक तर्फ डा.सुरेश कुमार कनोडिया निर्वाचित भएका छन ।उक्त क्षेत्रमा रहेका कुल ४ सय ५१ जना मतदाता मध्ये ४ सय ३८ मत खसेको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
सिफारिस
- Advertisement -spot_img
सम्बन्धित समाचार
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here